एमालेमा रहँदा राष्ट्र र जनतालाई केन्द्रमा राखेर काम गरेँ : भीम रावल

एमालेमा रहँदा राष्ट्र र जनतालाई केन्द्रमा राखेर काम गरेँ : भीम रावल
सुन्नुहोस्

काठमाडौं : एमालेबाट निष्कासित भएका पूर्वउपाध्यक्ष डा. भीम रावलले पार्टीमा रहँदा आफूले राष्ट्रलाई केन्द्रमा राखेर काम गरेको दाबी गरेका छन्। एमालेबाट निष्कासित भएपछि आज पत्रकार सम्मेलन गर्दै रावलको जनतालाई सर्वोपरि राखेर आफूले काम गरेको बताएका हुन्। 

उनले निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस भएपनि प्रतिनिधि सभाको टिकट प्राप्त नभएको गुनासो गरे। उनले आफूलाई पछिल्लो समय जिम्मेवारी विहीन बनाइएको र पार्टीमा स्थान नदिएको उल्लेख गरे। आफ्नो व्यक्तिगत स्वार्थ नरहेको बताउँदै देश र जनताको पक्षमा निरन्तर खट्ने उनको भनाई छ।

उनले ठूला भनिएका दलहरू सिद्धान्तहीन बाटोमा लागेको आरोप लगाए। पूर्वउपप्रधान एवम् रक्षामन्त्रीसमेत बनेका रावलले भने, ‘ठूला दलहरु सिद्धान्तहीन, गन्तव्यहीन बाटोमा लागेका छन्। पद हत्याउने होड चलिरहेको छ।’ उनले कतिपय भ्रष्टाचार काण्डमा ठूलालाई जोगाइएको दाबी गरे। 

गत पौष १० गते सचिवालय बैठकले एमालेले पूर्व उपाध्यक्ष भीम रावललाई पार्टीबाट निष्काशन गरेको थियो। उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार रावलले निरन्तर पार्टी हित विपरीत गतिविधि गरेपछि साधारण सदस्य समेत नरहने गरी एमालेले कारबाही गरेको हो। 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.