खाना पकाउँदै गर्दा प्रेसर कुकर पड्किएर आमा-छोरी घाइते

खाना पकाउँदै गर्दा प्रेसर कुकर पड्किएर आमा-छोरी घाइते
सुन्नुहोस्

डोल्पा : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका -६ फुल्चिङको एक घरमा प्रेसर कुकर पड्किदा आमा -छोरी घाइते भएका छन् । मंगलबार साँझ खाना पकाइ रहेको समयमा प्रेसर कुकर पड्किदा ४५ वर्षीया गुनी रोकाया र उनकी ११ वर्षीया छोरी अनु रोकाया घाइते भएका हुन् ।

जिल्ला अस्पताल डोल्पाका नेत्र सहायक अमृत कठायतका अनुसार प्रेसर कुकर पड्किएर घाइते भएकी गुनी रोकायाको बायाँ आँखाको नानी पुरै जलेको छ भने दायाँ आँखाको नानीमा घाउ छ। जिल्लामा उपचार सम्भव नभएपछि उनलाई नेपालगन्जस्थित फुल्टेक्रा आँखा अस्पतालमा रिफर गरिएको छ ।

घाइते अनुको आँखामा सामान्य जलन भएको र निधारमा सामान्य चोट लागेकोमा जिल्ला अस्पतालमै उपचारपछि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घटना सदरमुकाम दुनैदेखि ३५ किलोमिटरको दुरीमा रहेको फुल्चिङ गाउँमा भएको हो। एम्बुलेन्सको जोह गर्न समय लागेपछि उनीहरूलाई राति ११ बजेतिर जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक हरिकृष्ण केसीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.