जंगली हात्तीको आक्रमणबाट झापामा एक महिलाको मृत्यु

जंगली हात्तीको आक्रमणबाट झापामा एक महिलाको मृत्यु
सुन्नुहोस्

झापा : झापामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा कचनकवल गाउँपालिका-७ निवासी अन्दाजी ३५ वर्षीया केलाबत्ती राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

प्रहरीका अनुसार बुधबार दिउँसो १२ बजेको समयमा कचनकवल- ७ तारावनास्थित दिपज्योति सामुदायिक वनमा १५/२० महिलाहरू घाँस, दाउरा काट्न गएका थिए। सोही क्रममा एउटा हात्तीले राजवंशीलाई लखेटका थिए।

लखेट्दा उनी जंगलमा हराएपछि उनीसँगै गएका अन्य महिलाहरूले तत्काल प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय बनियानीले खोज्ने क्रममा दिउँसो ४:४० बजे उनलाई घाइते अवस्थामा उद्वार गरी ओमसाई पाथिभरा अस्पताल भद्रपुर पुर्‍याएको थियो। त्यहाँबाट थप उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगेको र उनको उपचारको क्रममा ५:१० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.