कुबेर कडायत र रबिन्द्र केसीलाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न सिफारिस
काठमाडौं : गृह मन्त्रालयले दुई जना प्रहरी नायव महानिरीक्षकहरूलाई अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको छ।
बढुवा सिफारिस समितिको बुधबार बसेको बैठकले महानिरीक्षकहरू कुबेर कडायत र रबिन्द्र केसीलाई अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको हो।
प्रहरी महानिरीक्षकसमेत रहेका बढुवा समितिका सदस्य सचिव बसन्त बहादुर कुँवरका अनुसार कडायतले ७०.५०७८ अंक प्राप्त गरे भने केसीले ६९.५७२८ अंक प्राप्त गरे।