अमेरिकामा नयाँ वर्ष मनाइरहेको ठाउँमा ट्रकले किच्दा १५ जनाको मृत्यु

अमेरिकामा नयाँ वर्ष मनाइरहेको ठाउँमा ट्रकले किच्दा १५ जनाको मृत्यु
तस्बिर : एजेन्सी

वासिङटन डिसी : जनवरी १ मा अमेरिकाको लुइसियाना राज्यको न्यु अर्लिन्स सहरमा नयाँ वर्ष मनाइरहेका मानिसहरुलाई ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ।

नयाँ वर्ष मनाउँदै गरेका मानिसलाई लक्षित गरी एक व्यक्तिले पिकअप ट्रक चलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा उल्लेख छ । उक्त घटनामा १५ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।

न्यु अर्लिन्समा राती सवा ३ बजे उक्त घटना भएको हो। सहरको सबैभन्दा व्यस्त बोर्बोन स्ट्रिटमा हजारौं मानिसहरू उत्सव मनाइरहेका थिए। अचानक एउटा गाडी भीडलाई कुल्चिँदै अगाडि बढ्यो ।

यसपछि आक्रमणकारी पिकअप ट्रकबाट बाहिर निस्किएका र मानिसहरूमाथि अन्धाधुन्ध गोली चलाउन थालेका जनाइएको छ। जवाफी कारबाहीमा प्रहरीले पनि गोली चलाउँदा आक्रमणकारीको मृत्यु भएको छ। भिडन्तमा दुई प्रहरी पनि घाइते भएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.