लागू औषध सेवन गरी यात्रुबस चलाउने १४ जना चालक र सहचालक पक्राउ

लागू औषध सेवन गरी यात्रुबस चलाउने १४ जना चालक र सहचालक पक्राउ
सुन्नुहोस्

धरान : कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा संचालन हुने यात्रु बस तथा मलबाहाक गाडीका चालक र सहचालकले लागू औषध सेवन गर्ने गरेको पाइएको छ । चालकहरूले लागू औषध सेवन गरी सवारी चलाउँदा यात्रुहरूको ज्यान जोखिममा परेको छ। 

कोशी प्रदेशमा सवारी दुर्घटनाका घटना वृद्धि भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरी र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको टोलीले सवारी चेकजाँच गर्दा लागू औषध सेवन गरी सवारी साधन चलाउने १४ जना चालक र सहचालकलाई पक्राउ गरिएको सुनसरीका प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सिनाले बताएका छन् । उनले कोशी राजमार्गका विभिन्न  जिल्लामा  आवत जावत गर्ने यात्रुबाहक बस तथा मालबाहक सवारी साधनका चालकहरूले लागू औषध सेवन गरी सवारी साधनहरू चलाउँछन् भन्ने विशेष सूचनाको आधारमा इटहरी-धरान सडक खण्डबाट उनीहरूलाई पकाउ गरिएको जानकारी दिए ।

यात्रुहरूको ज्यान जोखिममा राखेर चालकले लागू औषध सेवन गर्ने गरेको सूचना पाएको सुनसरी प्रहरीले ट्राफिक प्रहरी, कोशी प्रदेश प्रहरी अस्पताल का चिकित्सकहरूको सहयोगमा उनीहरूलाई पक्राउ गरिएको डिएसपी तिमल्सिनाले बताए । 

यात्रु बस र मालबाहक गाडीका चालक र सह चालकको स्वास्थ्य परीक्षण गर्दा  विभिन्न प्रकारको लागू औषध सेवन गरेको प्रहरी अस्पतालका डाक्टर शत्रुधन बहरदारले बताएका छन् ।

लागू औषध सेवन गरि सवारी चलाउनेमा मोरङ बेलबारी नगरपालिका वडा नं. २ बस्ने वर्ष २६ को चालक उज्जल श्रेष्ठ, कानेपोखरी गाँउपालिका वडा नं. ४ बस्ने वर्ष ४६ को श्याम चौधरी, उर्लाबारी नगरपालिका वडा नं. ६ बस्ने वर्ष २२ को भुवन न्यौपाने रहेका सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए । 

उदयपुर त्रियुगा नगरपालिका वडा नं.३ बस्ने वर्ष २८ को किरण थापा र वडा नं. ५ बस्ने वर्ष २२ को राहुल राई पनि पक्राउ परेका छन् । झापाको गौरदह नगरपालिका वडा नं. ४ बस्ने वर्ष ३९ को हरीबहादुर ठकुरी, कन्काई नगरपालिका वडा नं.१ बस्ने  वर्ष ३५ को रूपलाल ऋषिदेब र मेचीनगर नगरपालिका वडा नं. १२ बस्ने वर्ष १९ को सुमन बिकलाई पनि पक्राउ गरिएको एसपी तिम्सिनाले बताए ।

त्यस्तै सुनसरीको धरान उपमहानगरपालिका वडा नं. ८ बस्ने वर्ष २१ को अमिन राइ, ईटहरी उपमहानगरपालिका वडा नं. १३ बस्ने वर्ष २० को समिर मगर, वडा नं. २० बस्ने वर्ष ४१ को कृष्ण सुबेदी र  वडा नं. १२ बस्ने वर्ष २८ को सुबोध चौधरी,  वडा नं. २ बस्ने वर्ष ४१ को दिपक घले गुरूङ र तेह्रथुमको लालिगुरास नगरपालिका-३ का २५ वर्षीय निश्चल कार्कीलाई पक्राउ गरिएको एसपी तिम्सिनाले बताए । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.