साढे २८ हजार मेगावाट विद्युत् उत्पादनको बाटो खुल्यो

साढे २८ हजार मेगावाट विद्युत् उत्पादनको बाटो खुल्यो
सुन्नुहोस्

काठमाडौं : ‘ऊर्जा विकास मार्गचित्र–२०८१’ मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ। सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन तथा ऊर्जा व्यापार गर्ने बाटो खुला भएको छ। 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा पुस १६ गते मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादनको कार्ययोजना स्वीकृत गरेको हो। उक्त प्रस्ताव पास भएसँगै अब ठूला र नयाँ आयोजनामा लगानीका लागि सबै प्रकारका मोडलसमेत खुला भएको छ। ऊर्जा, मन्त्रालयले २०८० सालको भदौमा ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना सार्वजनिक गरेको थियो। 

सन् २०२५ देखि २०३५ सम्म २८ हजार ७ सय १३ मेगावाट निर्माण गर्ने उक्त कार्ययोजनाको लक्ष्य छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सन् २०३५ सम्म २८ हजार मेगावाट बिजुली उत्पादन गर्नका लागि बाटो खुला हुनेगरी विद्युत् आयोजनाका लागि सबै मोडल खुला गर्ने विषय कार्ययोजनामा राखिएको जानकारी दिए। 

‘लगानीकर्तालाई सहज बनाउने र स्वदेशीसहित विदेशी लगानीकर्तालाई लगानी गर्ने बाटो खुला गर्नेगरी मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरेका थियौं, उक्त प्रस्ताव पारित भएसँगै सरकारले जलविद्युत् क्षेत्रमार्फत राखेको ‘समृद्ध नेपाल’ को लक्ष्य पूरा हुनेछ,’ ऊर्जामन्त्री खड्काले भने। उक्त मार्गचित्रले सरकारले बनाउने आयोजनालगायत आन्तरिक तथा बाह्य लगानी र सबै प्रारूपका जलविद्युत्हरूलाई अघि बढाउन मार्गप्रशस्त गरेको छ। मन्त्री खड्काले जुन मोडलमा जुन आयोजनामा लगानीकर्ता आउन चाहन्छन् राज्यलाई अधिकतम फाइदा हुने गरी प्रक्रिया बढाउन अब बाटो खुला भएको बताए। 

सकेसम्म जनताको सहभागिता हुने र राज्यलाई अधिकतम फाइदा हुनेगरी एकैपटक आयोजना अगाडि बढाउन लागेको ऊर्जामन्त्री खड्काको भनाइ छ। सन् २०३५ सम्म मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि ४६.५ अर्ब अमेरिकी डलर (६२ खर्ब ३१ अर्ब नेपाली रुपैयाँ) बराबरको लगानी गर्ने लक्ष्य राखिएको छ। लामो समयको छलफल र बहसपछि मन्त्रिपरिषद्बाट मार्गचित्र स्वीकृत कार्यविधि पास भएसँगै रोकिएर बसेका आयोजना धमाधम अगाडि बढाउन बाटो खुलेको छ। 

मार्गचित्रमा जलविद्युत् आयोजना, प्रसारण वितरण तथा सवस्टेसनका लागि आवश्यक पर्ने लगानीको विस्तृत विवरणसमेत समेटिएको छ। आगामी १० वर्षमा छिमेकी मुलुक भारतमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने सम्झौतासमेत भएको र सोबाहेक बंगलादेशलगायत अन्य छिमेकी देशहरूमा सन् २०३५ सम्म पाँच हजार मेगावाट विद्युत् निर्यात गर्ने योजना मार्गचित्रमा उल्लेख भएको मन्त्रालयले जनाएको छ।

सन् २०३५ सम्ममा मुलुकको कुल जडित विद्युत् क्षमता नै २८ हजार ५ सय मेगावाट पुर्‍याउने लक्ष्य राखिएकोमा हालसम्म करिब ३४ सय मेगावाट विद्युत् उत्पादन भएको छ। ऊर्जा क्षेत्रमा हुने लगानीमा सरकारी, निजी क्षेत्र एवं आम सर्वसाधारणको समेत हिस्सा रहनेछ। यस्तै, निजी क्षेत्र, सर्वसाधारण र वैदेशिक लगानीका अतिरिक्त गैरआवासीय नेपाली र वैदेशिक रोजगारीमा रहेका नेपालीको पुँजीलाई पनि उत्तिकै महŒव दिएर समावेश गरिने गरी तय गरिएको छ।

२८ हजार ७ सय १३ मेगावाट उत्पादन गर्दा त्यसमा २८ हजार ४ सय २८ मेगावाटको विद्युत्को माग हुने भनिएको छ। उक्त मागमा १५ हजार मेगावाट भारतलगायतका अन्य छिमेकी मुलुकमा निर्यात गरिने भनिएको छ। त्यसमा १० हजार मेगावाट भारतमा र ५ हजार मेगावाट बंगलादेशमा निर्यात गरिने भनिएको छ। १० हजार मेगावाट बिजुली किन्ने नेपाल–भारत सम्झौता भइसकेको छ। भारतसँग १० हजार मेगावाटको दीर्घकालीन विद्युत् खरिद सम्झौता सम्पन्न भइसकेको छ। 

भारतसँग प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् २०७८ कात्तिकबाट भारततर्फ निर्यात गर्दै आएको छ। नेपाल–बंगलादेश विद्युत् व्यापार पनि २०८१ मंसिरबाट सुरु भएको छ। ५ वर्षको मध्यकालीन उक्त सम्झौताअनुसार जुन १५ बाट नोेभेम्बर १५ सम्म ४० मेगावाट बिजुली भारतको बाटो हुँदै बंगलादेश निर्यात हुँदैछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.