मंकिपक्सको पुनः संक्रमण र सावधानी

मंकिपक्सको पुनः संक्रमण र सावधानी

आम नागरिकको सजगता बिना मंकिपक्सको रोकथाम, फैलावटमा नियन्त्रण सम्भव हुँदैन।

नेपालमा पहिलोपटक एक निजी  अस्पतालमा उपचाररत ६० वर्षीया विदेशी महिलाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको नमुनामा मंकिपक्स (एमपक्स) देखिएको पुष्टि भयो। स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयले २०८० असार १ गते मंकिपक्स पुष्टि गरेको थियो। हाल मंकिपक्सलाई एम पक्सको नामले सम्बोधन गरिन्छ। हाम्रा लागि नया“ मानिए पनि मंकिपक्स विश्वमा पहिलेदेखि नै छ।

सन् १९५८ मा पहिलोपटक पश्चिम अफ्रिकाको डेनमार्कमा एक दुर्गम भेगमा एक बन्दी बा“दरमा फेला परेको थियो। मानिसमा भने पहिलोपटक सन् १९७० मा अफ्रिकी मुलुक कंगोमा ९ महिने बालकमा पुष्टि भएको थियो। हालसम्म भारत, नेपाललगायत १ सय १६ भन्दा बढी देशमा देखा परिसकेको छ।  मंकिपक्स भाइरसका क्लेड १ र २ गरी दुई प्रजाति छन्। जस्मा क्लेड १ बढी संक्रामक र घातक छ। हाल फैलिएको नयाँ प्रजाति क्लेड १ बी संक्रमितहरूमध्ये १० प्रतिशत बढीको मृत्यृ हुने गरेको तथ्यांक छ।

अहिले नेपालमा  नेपालमा पुन मंकिपक्स संक्रमण देखा परेको छ। तनहुँ स्थायी घर भई पुस ४ गते काठमाडौं आएका साउदी अरेबियामा कार्यरत एक ३६ वर्षीय पुरुषमा पुस ५ गते संक्रमण पुष्टि भएको हो। उनको टेकु अस्पतालमा आइसोलेसनमा राखी उपचार भइरहेको छ। त्यस्तै, पुस १३ गते साउदी अरेबियाबाट आएका ४४ वर्षीय पुरुषमा पनि मंकिपक्स संक्रमणको पुष्टि भएको छ। 

पछिल्लो समय मंकिपक्स शारीरिक क्रियाकलापमा लागेका मानिसमा रोग देखिने गरेको छ र यौनरोगसँग सम्बन्धित भनेर पनि लिन सकिन्छ। पछिल्लो समयमा पुरुष समलिंगी समूहमा एउटामात्रै घाउ दिसा गर्ने भागमा वा लिंगमा बिमिरा वा पानीको फोकाजस्तो बिमिरा गुप्ताङ्गमा देखिएको छ। जस्ले संक्रमण भएको स्थानबाट आएकोसँग सम्पर्कमा आउँदा वा नजिकको सम्बन्ध बनाएकोमा एउटा मात्र घाउ, बिमिरा आउँदा पनि एम पक्स हुन सक्छ। 
एम पक्स संक्रमणमा क्लेड १ मध्य अफ्रिकी क्लेड र क्लेड २—पश्चिम अफ्रिकी क्लेड गरी दुई प्रकारका भाइरसको मुख्य योगदान छ। विश्वव्यापी प्रकोप सन् २०२२—२३, क्लेड २ का कारणले भए पनि क्लेड १ बढी घातक छ। नोभेम्बर २०२४ सम्मको अफ्रिकाको रिपोर्टमा २० देशबाट करिब ६३ हजार नमुनामा १३ हजार ५ सय ७९ पुष्टि, मृत्यु १२ सय बढी छ। 

मानिसबाट मानिसमा तथा जनावरबाट मानिसमा लामो समय आमनेसामने कुराकानी गर्दा जस्तै मुखको छिटाबाट, यौन तथा गुद्वार सम्पर्कबाट, संक्रमितले प्रयोग गरेका सरसामान जस्तै कपडा, सिरिन्ज र संक्रमितको घाउ, फोकाको तरल पदार्थबाट सर्दछ। रोग संक्रमित व्यक्ति वा पशुसँग नजिकको सम्पर्कमा आउँदा तिनीहरूको थुक, ¥याल, घाउ, खटिरा, शरीरबाट निस्कने तरल पदार्थ, दूषित सतह र मांसपेशीबाट सर्ने गर्दछ। भाइरस श्वासनली, आ“खा, नाक वा मुख काटिएको, टोकिएको वा फुटेका छालामार्फत सर्न सक्छ।

लक्षण

हाल घाउसँगै ज्वरो आउने, जिउ तात्ने, दुख्ने, गल्ने, थाकेजस्तो हुने, मांसपेशी दुख्ने, ग्रन्थी सुन्निने भएमा एम पक्सको शंका गर्न सकिन्छ। अर्काे शंका गर्ने भनेको संक्रमण फैलिएको ठाउँबाट आएका व्यक्तिसँग उल्लेखित लक्षण तथा शारीरिक सम्पर्क हो। सन २०२२ को अध्ययनले ९५ प्रतिशत समलिंगीलाई एम पक्स देखिएको छ। सेक्सुजल टुरिज्म विश्वव्यापी छ र यस्ता क्रियाकलापमा संलग्न सधैं जोखिममा छन्। संक्रमण घातकदेखिने वर्गमा बच्चा, दीर्घकालीन रोगी, शरीर कमजोर भएका व्यक्ति पर्छन्।

सम्भावित जोखिम भएका देशबाट आउनेमाथि निगरानी राख्ने र क्वारेन्टिनमा राख्नुपर्छ। संक्रमितलाई तीन हप्ता आइसोलेसनमा राखी कन्ट्याक्ट ट्रेसिङ अनिवार्य गर्नुपर्छ। संक्रमितलाई २१ दिन आइसोलेसनमा राख्नुपर्छ। 

सामान्यत संक्रमण भएको २१ दिनपछि ज्वरो र ज्वरो सुरु भएको १ देखि ३ दिनभित्रमा छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखा पर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थीहरू बढने गर्छन्। आँखामा संक्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जाने र मृत्यृसमेत हुन सक्छ। संक्रमणबाट भएको घाउ १४ देखि २१ दिनसम्म रहने र त्यसपछि सामान्यत आफैं हराउँछ। लक्षण १४ देखि २८ दिनसम्म रहनसक्छ र सामान्यतः आफैं हराउछ। एक व्यक्तिबाट अर्काे व्यक्तिमा लक्षण देखिने अवधि २ देखि ३ सातासम्म रहन्छ। संक्रमितमध्ये १० प्रतिशतमा स्वास्थ्य जटिलता भएर मृत्यृ हुन सक्छ। गर्भवती, बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरूमा जटिलता हुन सक्छ।

निदान र व्यवस्थापन 

धेरैजसो लक्षणबाट  र त्योबाहेक छालाको जाँच र फोकाको पीसीआरबाट संक्रमण पत्ता लगाइन्छ। फोकाबाट लिइएको नमुनाको मंकिपक्स भाइरल पोलिमरेज चेन रिएक्सन—पीसीआरबाट रोगको निदान गरिन्छ। नमुना छाला, तरल पदार्थ क्रस्ट वा बायोप्सीबाट निकालिन्छ। एन्टिजेन र एन्टिबडी परीक्षणले अर्थाेपक्स भाइरसबीचको फरक पत्ता लगाउन नसक्ने भएकाले उपयोगी हुँदैन।  धेरैजसो मानिसमा यस्ले कुनै जटिलता नल्याउने र दुईदेखि चार हप्तामा आफैं निको हुन्छ। तथापि बच्चा, वृद्धवृद्धा र दीर्घरोगीलाई भने च्याप्ने र छाला, आ“खा तथा अगंको संक्रमण, निमोनिया, इन्सेफलाइटिसजस्ता जटिलता ल्याउने गर्छ। उपचार लाक्षणिक गर्ने गरिन्छ र सिकिस्त बिरामीका लागि एन्टिभाइरल औषधि टेकोभिरिम्याट पनि उपलब्ध छ।

रोकथाम

सरकारले आफ्नो तर्फबाट हेल्थ डेस्कको सक्रियता, निगरानी, परीक्षण, अस्पताल तथा फोकल पर्सन तोक्ने, उपचार व्यवस्थापनलगायतका काम गरिसकेको छ। तथापि आम नागरिकको सजगता बिना रोकथाम, फैलावटमा नियन्त्रण सम्भव हँुदैन। अन्य सरुवा रोगहरू जस्तै जनस्वास्थ्यको मापदण्ड पालना जरुरी रहन्छ। मास्कको प्रयोग, हावा ओहोरदोहोर गर्ने स्थान, साबुनपानीले हातको सरसफाइजस्ता जनस्वास्थ्य मापदण्ड पालना गर्नपर्छ। संक्रमितले प्रयोग गरेका लुगाफाटा, बिछ्यौनालाई निःसंक्रमित गरेर मात्र अन्यले प्रयोग गर्नुपर्छ। सन् १९८० मा उन्मूलन भएको बिफरका लागि प्रयोग हुने खोप मंकिपक्समा ८५ प्रतिशत प्रभावकारी रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। संक्रमण भएको चार दिनभित्र खोप लिन सकिन्छ र ४ देखि १४ दिनभित्रसम्ममा खोप दिन सके संक्रमणको जटिलतालाई धेरै हदसम्म कम गर्न सकिन्छ। 

उपचार पत्ता लागिसकेको छैन, बिफरको एन्टिभाइरल औषधि प्रयोग गर्न सकिने भए पनि सजिलै उपलब्ध छैन र खोप नै सफल मानिन्छ। सम्भावित जोखिम भएका देशबाट आउनेमाथि निगरानी राख्ने र क्वारेन्टिनमा राख्नपर्छ। संक्रमितलाई तीन हप्ता आइसोलेसनमा राखी कन्ट्याक्ट ट्रेसिङ अनिवार्य गर्नपर्छ। संक्रमितलाई २१ दिन आइसोलेसनमा राख्नुपर्छ।

यौनसम्पर्कबाट पनि सरेकाले कण्डम प्रयोग गर्न र यौन पार्टनरहरू परिवर्तन गरेकोमा लक्षणहरूमा ध्यान दिनपर्छ। भाइरस बोक्न सक्ने जनावरहरू, बिरामी वा मरेका जनावर, बाँदर, मुसाजस्ता संक्रमणको इतिहास भएकाहरूको सम्पर्कमा आउन हुँदैन। संदिग्ध जनावर वा मानिससँग सम्पर्कमा आएपछि अल्कोहलयुक्त स्यानिटाइजर वा साबुनपानीले हात धुने गर्नुपर्छ। संक्रमित वा संदिग्धको हेरचाह गर्दा पीपीई लगाउने, राम्रोसँग पकाएको मासुमात्र खाने र मंकिपक्स सतह र सामग्रीमार्फत पनि सर्न सक्ने भएकाले बिरामी व्यक्ति वा जनावरको सम्पर्कमा रहेका सामग्रीहरू छुनुहुँदैन। ज्वरो आएको तीन दिनभित्र अनुहार, हत्केला र पैतालामा डाबर देखिए स्वास्थ्य मन्त्रालयको हटलाइन १११५ मा जानकारी गराउनुपर्छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.