काठमाडौंमा भूकम्पको धक्का
काठमाडौं : काठमाडौं उपत्यका र यस आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। आज दिउँसो लगभग १:१० मा भूकम्पको धक्का महसुस भएको हो।
भूकम्पको कति रेक्टर स्केलको गएको र कुन ठाउँलाई केन्द्रविन्दु बनाएको भन्ने यकिन भएको छैन।
पछिल्लो समय पश्चिम नेपालमा भने लगातार रुपमा भूकम्प गइरहेको छ।