पोखरा र भैरहवा विमानस्थल नियमित सञ्चालनका लागि छलफल भइरहेको छ : पर्यटनमन्त्री
काठमाडौं : स्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्री प्रसाद पाण्डेले नागरिक उड्ययन क्षेत्रलाई प्रभावकारी बनाउन आवश्यक ऐन संसदको अगामी अधिवेशनमा प्रस्तु गर्ने बताएका छन्। सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको र्बठकमा मन्त्री पाण्डेले नागरिक उड्ययन क्षेत्रलाई प्रभावकारी बनाउनका लागि सेवा प्रदायक र नियमन निकायलाई फरक फरक गर्ने गरि बनाइएको विधेयकलाई सदनको आगामी अधिवेशनमा प्रस्तुत गर्ने बताएका हुन्।
उनले पर्यटन क्षेत्रको विकासका लागि तीन तहको सरकारलाई जोड्न सरोकारवालाको दुईवटा बैठक सम्पन्न भइसकेको जानकारी दिए। अन्तरमन्त्रालय र अन्तर निकायलाई समन्वयकारी रुपमा अघि बढाउन सके सहज रुपमा काम कारवाही गर्न सकिने उनको भनाइ छ।
पोखरा र भैरहवाको विमानस्थल नियमित सञ्चालनका लागि समीक्षा भइरहेको भन्दै मन्त्री पाण्डले केही निकायहरू त्यहाँ गएपछि दुईवटा एयरपोर्ट नियमित सञ्चालन हुने दावी गरे।
बैठकमा समिति सदस्य पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले निजगढ अन्तराष्ट्रिय बिमानस्थल निर्माणका काममा बिलम्व भएकाले छिटो भन्दा छिटो निर्माण कार्य अघि बढाउन सुझाव दिए । उनले पशुपति लगायतका स्थानबाहिर फोहर देखिएकाले पर्यटकहरू आएसकेपछि बस्ने र घुम्न जाने ठाउँलाई सुन्दर बनाउनुपर्ने सुझाव दिए।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेयले मन्त्रालयका कामकारवाहीको बारेमा जानकारी गराउँदै पुँजी, प्रविधि, जनशक्तिको सिमितताले अपेक्षा अनुसारको काम गर्न नसकिएको बताएका थिए।