एमाले सचिवालय बैठक
केन्द्रीय कमिटी बैठकमा पेश हुने राजनीतिक प्रतिवेदनमा के के विषय छन् ?
केन्द्रीय कमिटीमा पेश हुने राजनीतिक प्रतिवेदनमाथि छलफल
काठमाडौं : नेकपा एमालेको सचिवालय बैठकमा पुस २१ र २२ गते बस्ने केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमाथि छलफल भएको छ। बिहीबार बसेको सचिवालय बैठकमा आगामी केन्द्रीय कमिटीमा छलफल हुने विषय वस्तु समेटेर तयार पारिएको राजनीतिक प्रतिवेदनमाथि छलफल भएको हो।
प्रतिवेदनमा मुलुकको पछिल्लो राजनीतिक अवस्था,सरकारका कामकारवाही,अन्तर्राष्ट्रिय परिस्थितिलगायत विषय समेटिएको छ। एमाले र कांग्रेस मिलेर बनेको सरकार र त्यसको औचित्यबारेमा समेत राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको छ।
बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले केन्द्रीय कमिटीमा छलफल हुने विषय वस्तुका बारेमा छलफल भएको जानकारी दिए। उक्त राजनीतिक प्रतिवेदनमा मुलुकको पछिल्लो राजनीतिक अवस्था,सरकारका कामकारवाही,अन्तर्राष्ट्रिय परिस्थितिलगायत विषय समेटिएको छ। राजनीतिक प्रतिवेदनमा एमाले र कांग्रेस मिलेर बनेको सरकार र त्यसको औचित्यबारेमा समेत उल्लेख गरिएको छ।
सरकार बनिसकेपछि आएको अर्थतन्त्रमा सुधार,विकास निर्माणका कामहरूसमेत प्रतिवेदनमा समेटिएका छन्। प्रतिवेदनमा पछिल्लो समय समाजमा बढिरहेको अराजकता र त्यसको निराकरणको उपायहरू समेत समावेश गरिएको छ।
बैठकपछि ज्ञवालीले एमाले र कांग्रेस सरकार बनेपछि मुलुकमा स्थिरता आएको र मुलुकको अर्थतन्त्रले समेत लय लिएको दावी गरे। बीआरआई समेत एमाले र कांग्रेसको सहमतिमा हस्ताक्षर भएको उनको भनाइ छ। प्रधानमन्त्री केपी शर्मा ओलीको हालै भएको चीन भ्रमणका क्रममा बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको थियो।