माओवादी केन्द्रीय कमिटी बैठकको एजेन्डा तय

माओवादी केन्द्रीय कमिटी बैठकको एजेन्डा तय
सुन्नुहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्रले पुस २१ गतेदेखि बस्ने केन्द्रीय कमिटीको बैठकको एजेन्डा तय गरेको छ। 

पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको माओवादी स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीमा प्रस्तुत हुने पार्टी रूपान्तरण र पुनःनिर्माणको संकल्प आजको आवश्यकता शीर्षकको अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को राजनीतिक प्रतिवेदनसहितका विषयमा छलफल गर्ने गरि एजेन्डा तय गरेको हो।

त्यस्तै अध्यक्षलगायत प्रदेशका अध्यक्षहरूले रिपोर्टिङ गरिने, अगामी कार्ययोजनाका एजेन्डासमेत तय भएको प्रवक्ता अग्नि सापकोटाले बताए। अहिले संविधान संशोधन नभई संविधानको प्रभावकारी कार्यान्वयनमा जानुपर्नेमा प्रचण्डको जोड रहेको प्रवक्ता सापकोटाले बताए। संविधान संशोधन गर्नुपर्ने भएमा राष्ट्रिय दृष्टिकोण कायम गर्नुपर्नेमा माओवादीको धारणा रहेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.