ग्लोबल आइएमई बैंकले ल्यायो फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विशेष उपहार योजना

ग्लोबल आइएमई बैंकले ल्यायो फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विशेष उपहार योजना
सुन्नुहोस्

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवका अवसरमा बैंकको फोनपे नेटवर्कमा आवद्ध भएका क्यूआर कोड मर्चेन्टहरुलाई लक्षित गरी क्यासब्याक, स्मार्टफोन र १ लाखको मुद्दती जित्ने उपहार योजनाहरु सार्वजनिक गरेको छ।

ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाको १८औं वर्ष पूरा गरी १९ औं वर्षमा प्रवेश गरेको छ। सोही अवसरमा यो योजना पौष १८ गते बिहीबारदेखि माघ १८ शुक्रबारसम्म सञ्चालनमा ल्याएको छ। 

यस उपहार योजनाअन्तर्गत ग्लोबल आइएमई बैंकमा आवद्ध भएका तर हाल सम्म कारोबार नगरेका मर्चेन्टहरुले यस योजना अवधीमा रु. १८० वा सो भन्दाबढी रुपैयाँको भुक्तानी फोनपे क्यूआर कोडमार्फत प्राप्त गर्दा भाग्यशाली १८ मर्चेन्टले दैनिक रु. १८० क्यास्ब्याक प्राप्त गर्नेछन्। 

योजनाअवधिभर क्यूआर कोड मार्फत भुक्तानी लिने मर्चेन्टहरु मध्य प्रत्येक हप्ता १ जना भाग्यशाली मर्चेन्टले स्मार्टफोन उपहार प्राप्त गर्नेछन्। योजना अवधिभरमा ४ जना मर्चेन्टहरुले स्मार्टफोन जित्नेछन्। साथै, बम्पर उपहारमा १ जना भाग्यशाली मर्चेन्टले ३ महिना समयावधि भएको १ लाख रकमको मुद्दती खाता योजना जित्नेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.