बाल गायक सचिनको निधनले प्रधानमन्त्री दुःखी, भने, 'पारिवारिक बेमेल र भाइरल प्रवृत्तिले असर पुर्‍यायो'

बाल गायक सचिनको निधनले प्रधानमन्त्री दुःखी, भने, 'पारिवारिक बेमेल र भाइरल प्रवृत्तिले असर पुर्‍यायो'
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बाल गायक सचिन परियारको निधनले दुःखी बनाएको बताएका छन्। प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र भाइरल प्रवृत्तिले असर पुर्‍याएको प्रधानमन्त्री ओलीको भनाइ छ।

'बाल गायक सचिन परियारको निधन भएको खबरले धेरै दुःखी छु। एकजना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्‍याएको यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनुपर्छ भन्ने सबैलाई पाठ सिकाएको छ। बाल गायक सचिनलाई हार्दिक श्रद्धाञ्जली!,' प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्।

परियारको आज विहान उपचारको क्रममा निधन भएको थियो। महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उनको निधन भएको हो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.