लागूऔषधसहित पाँचजना पक्राउ

लागूऔषधसहित पाँचजना पक्राउ
सुन्नुहोस्

उदयपुर : उदयपुरको कटारी नगरपालिकामा ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। 

इलाका प्रहरी कार्यालय कटारीको टोलीले विशेष सूचनाका आधारमा ६४७ ट्याबलेट लागूऔषध, दुई थान मोटरसाइकल, ६ थान मोबाइल र नगद आठ हजार रुपैयाँ बरामद गरेको हो।

पक्राउ पर्नेमा कटारी नगरपालिका-४ का ३१ वर्षीय विनय सुनुवार, ३४ वर्षीय हरि कृष्ण राई, २६ वर्षीय करण लिम्बू, २२ वर्षीय विशाल तामाङ र २० वर्षीय विकेश तामाङ रहेको डीएसपी कमल बजगाईंले बताए। 

उनीहरूको साथबाट स्पासपेन ब्रान्डका २३४ ट्याबलेट र टापेन्टा ब्रान्डका ४१३ ट्याबलेटका बरामद गरिएको उनले बताए। विनय सुनुवारको घरमा लुकाइ राखिएको अवस्थामा फेला परेपछि थप अनुसन्धानका क्रममा अन्यको नाम खुलेको उनले बताए। 

उनीहरूलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। प्रहरीले अवैध लागूऔषध कारोबार विरुद्धको अभियानलाई निरन्तरता दिने डीएसपी बजगाईंले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.