बझाङमा जीप दुर्घटना, पाँच जनाको मृत्यु

बझाङमा जीप दुर्घटना, पाँच जनाको मृत्यु
सांकेतिक तस्बिर।

बझाङ : बझाङमा २ ठाउँमा भएको जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । 

तलकोटबाट चैनपुरतर्फ आउँदै गरेको से १ ज ८४३ नम्बरको जीप सडकबाट अनियन्त्रित भइ करिब २०० मिटर तल खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।

सो दुर्घटनामा ज्यान गुमाउनेहरुमा चालक केदारस्युँ गाउँपालिका-१, रायलका ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका-४ का ३६ वर्षीय बमबहादुर धामी, तलकोट गाउँपालिका-४ कै ७२ वर्षीय जोगेनी देवी धामी र बम बहादुर धामीकी ५ वर्षीया छोरी आकृति धामी रहेका प्रहरीले जनाएका छन्।

गए राति ८:३५ मा तलकोट गाउँपालिका-२, सुकगाडमा भएको जीप दुर्घटनामा तीन जनाको घटना स्थलमै र आकृतिको जिल्ला अस्पताल सिमखेत लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाले जानकारी दिए। 

यस्तै बझाङकै मष्टामा भएको अर्को जीप दुर्घटनामा चालकको मृत्यु भएको छ । मष्टाको भातेखोलाबाट रनाडातर्फ जाँदै गरेको सु.प.प्र.०१००१ ज १३९८ नं.को जीप सडक अनियन्त्रित भइ  १०० मिटर तल खस्दा चालक मष्टाकै ४२ वर्षीय धर्म थापाको मृत्यु भएको हो । 

राति ९ बजेको समयमा कोटदेवल भन्ने ठाउँमा जीप दुर्घटनामा परेको हो । जीपमा चालक थापा एक्लै रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.