एडट्रा सीप र सिकाइको परिभाषा बदल्दै, युवालाई सुनिश्चित भविष्यतिर डोर्‍याउँदै

एडट्रा सीप र सिकाइको परिभाषा बदल्दै, युवालाई सुनिश्चित भविष्यतिर डोर्‍याउँदै

काठमाडौं : एडट्रा एड–टेक प्लेटफर्म हो, जसले विशेषज्ञ निर्देशनमार्फत सुनिश्चित दिशा, व्यावहारिक सीप, तपाईंको भविष्य, र रोजगार अवसरहरूको प्रतिज्ञा गर्दछ।

एडट्रा के हो ? यसले के प्रदान गर्दछ ? 

एडट्रा, एक व्यापक अनलाइन प्लेटफर्म हो जसले शिक्षार्थीलाई विशेषज्ञ सल्लाहकारहरू र उद्योग पेसेवरहरूसँग जोड्दछ। हामी विभिन्न पाठ्यक्रमहरूलाई विषयगत रूपमा प्रस्तुत गर्दछौं जसले व्यावसायिक विकासको साथसाथै तपाईंको सीपहरू बढाउँछ। हाम्रो लक्ष्य उच्च गुणस्तरको शिक्षालाई पहुँचयोग्य, अन्तरक्रियात्मक र प्रभावकारी बनाउनु हो।

तपाईंले एडट्राबाट के पाउनु हुनेछ ? 

कुशल मेन्टरहरू, उच्च गुणस्तरीय पाठ्यक्रमहरू, अन्तरक्रियात्मक क्विज, बुझाइमूलक कार्य र छलफल आजीवन पाठ्यक्रम अपडेटहरू, इन्टर्नसिप प्रावधान र शिक्षार्थी समुदाय। 

के कुराले एडट्रा पाठ्यक्रमहरू उदाहरणीय बनाउँछ ? 

विशेषज्ञ सल्लाहकारहरू: अनुभवी पेसेवरहरू र प्रसिद्ध व्यक्तित्व। व्यावहारिक अन्तर्दृष्टि: गतिविधिहरूको साथ वास्तविक–ज्ञान र अन्तरदृष्टि। लचिलोपन: कुनै पनि समयमा, कहीं पनि आफ्नो पाठ्यक्रमको पहुँच। विविध विषयहरू: तपाईंको भविष्यलाई असीमित सम्भावनाहरूतर्फ बढाउन रचनात्मक, प्राविधिक र व्यावसायिक क्षेत्रहरूबाट पाठ्यक्रम छनोट गर्न सकिने।

नेपाल दशकौंदेखि अवसरहरू र भविष्यको विकास गर्ने क्रममा अत्यासलाग्दो चौबाटोमा अड्किएको छ। एउटै ढाँचाका पाठ्यक्रमका ज्ञान, एक पुस्ताबाट अर्को पुस्तामा दोहोर्‍याइएको छ। सामान्य भाषामा भन्ने हो भने, यहाँको अवस्था बिचल्ली छ। यहींबाट एड्ट्राको कदमको कुशल असर– एउटा परिवर्तनशील डिजिटल प्लेटफर्म, जसमार्फत नेपाल र नेपालीले दृष्टि, ज्ञान सिकाइ, र अवसरमूलक सीपहरू विकास गर्दै, अघि बढ्न र सफल हुने बाटोको आकार बनिदिएको छ। एड्ट्रा, भीडमध्येको एउटा सामान्य ई–लर्निङ प्लेटफर्म मात्र होइन; यो भविष्यका लागि बलियो खम्बा हो। 

आज, धेरैजसो विद्यार्थीले सामना गर्नुपर्ने कुरा भनेको विज्ञहरूद्वारा प्रदान गरिएका अवसरहरू र उत्तम व्यावहारिक सीपहरूको अभाव हो। कक्षाकोठाबाट लिइएको सैद्धान्तिक ज्ञानले उनीहरूलाई कक्षाकोठाको घेराभन्दा बाहिर कसरी दुनियाँ चल्छ भन्ने वास्तविक–विश्व दृश्यबाट अज्ञात बनिरहेको हुन्छ। आजको ढाँचा अनि प्रवृत्तिलाई नियाल्दा, विद्यार्थीको भविष्य र सीपलाई फाइदाजनक रूपमा भविष्यतिरअघि बढाउन यी तरिकाहरूलाई परिवर्तन र सुधार गर्ने धारणामा अग्रसर हुनुपर्छ भनि हामी सबै जनाले पनि बुझ्नु जरुरी छ। 

यो सबैमा लागू नहुन सक्छ, तर एड्ट्राले भर्खरै स्नातक गरेका विद्यार्थीलाई ‘कसरी आफ्नो पढाइ डिग्री र चार वर्षको सैद्धान्तिक ज्ञानलाई लक्षित भविष्यका लागि उपयोग गर्ने’ भन्ने दुविधामा परेको छ। यो प्रक्रियालाई सजिलो बनाउनको लागि एडट्रा, पर्याप्त स्रोत र त्यसतर्फ जाने बाटो प्रदान गर्दै विद्यार्थीको सफलतातर्फको भरपर्दो पुलको रूपमा उभिएको छ। 

कुनै पनि वर्गमा मापन गर्दा, विशेषज्ञताको साथ विकासका लागि वास्तविक–जीवन कौशल–आधारित दृष्टिकोणलाई उत्प्रेरित गर्ने सुविधायुक्त वैकल्पिक पाठ्यक्रमको अवसर प्रदान गर्दछ। 

विविध विशेषज्ञको नेतृत्वमा पाठ्यक्रमहरू : 

एडट्रामा प्रत्येक पाठ्यक्रम डिजाइन र निर्देशन, विद्वान उद्योगकर्ता र विशेषज्ञहरूद्वारा हुन्छ। उद्यमशीलतादेखि डिजिटल मार्केटिङ र व्यक्तिगत विकाससम्म, प्रत्येक कार्यक्रम व्यावहारिक अनुप्रयोगहरूलाई मध्यनजर गरी तयार गरिएको छ। यसबाहेक, विज्ञहरूसँगको छलफल र संलग्नता हुन पाउने मौकाले प्रत्येक शिक्षार्थीको लागि सकारात्मक प्रभावहरूको साथ थप अवसर ल्याउँछ। 

आफ्नो अवस्था र गतिमा पाठ्यक्रममा अघि बढ्नु:

जीवन व्यस्त नै हुन्छ, तर यसले तपाईंको सीप अनि शिक्षालाई रोक्नु हुँदैन। एडट्राको प्लेटफर्म लचिलो छ, जसले शिक्षार्थीलाई कुनै पनि समय, कहीँ पनि आफ्नो समयअनुसार पहुँच गर्न पाउनुहुन्छ। चाहे तपाईं विद्यार्थी, व्यावसायिक, वा शिक्षार्थी, जुन वर्गको भए पनि एडट्रा तपाईंको अवस्था अनुरूप योग्यताका साथ तपाईंको दैनिकीमा अटी दिन्छ।

सीप–केन्द्रित सिकाइ : 

सीप र योग्यताका अनुसार चल्ने अहिलेको रोजगार बजारमा, एडट्राले सबैभन्दा महŒवपूर्ण कुराहरूमा ध्यान केन्द्रित गरेको छ — युवा र कुशल अनुभवी मानिसहरू जसलाई कुनै नयाँ कला वा अझै अध्ययन गर्न मन हुन्छ, उनीहरूलाई लक्ष्यबद्र्धित सुनिश्चितताको लागि तयार र भविष्य–प्रमाण बनाउने उपकरणहरूको साथ सशक्त बाटो निर्माण गर्छ।

एड्ट्रा एक ब्रान्ड मात्र होइन; यो नेपाललाई ज्ञान र आविष्कारको केन्द्रमा परिणत गर्ने उद्देश्यले रचिएको योजना हो। यसले नेपालको परिकल्पना गरेको छ, जहाँ प्रत्येक व्यक्ति, उनीहरूको क्षेत्र, वर्ग, वा आम्दानी स्तरलाई ध्यान नदिई बढ्दो डिजिटल र विश्वव्यापीकरण हुँदै गरेको संसारमा फस्टाउनका लागि योग्य उपकरणहरू प्रदान पनि गर्छ। 

‘हामी केवल सीपमात्र दिइरहेका छैनौं, भविष्यलाई आकार पनि दिइरहेका छौं ै।’ प्रमुख कार्यकारी अधिकृत, असिम श्रेष्ठ भन्छन्, ‘एड्ट्रा, आत्मविश्वासलाई प्रेरित गर्न, ढोका खोल्न र नेपालका शिक्षार्थीलाई ठूलो सपना देख्न र अझ थप हासिल गर्न सशक्त बनाउनको लागि बनेको हो।’

नेपालको अनलाइन सीप–आधारित प्लेटफर्महरूमा अगुवा रहेको एड्ट्रा—गुणस्तर, पहुँच र सान्दर्भिकताप्रति प्रतिबद्धता राख्दै अलग बनको छ। विशेषज्ञ मेन्टोर्स—जसले आफ्नो पहिचान, कर्यक्षेत्रमा उपलब्धि हासिल गरी, सोही क्षेत्रको रूप फेरि परिवर्तन ल्याएका छन्— उनै विषय अनुभवीहरू एड्ट्रामा आफ्नो अनुभव, परिदृष्टि र प्रभाव लिएर पाठ्यक्रम सिर्जना गर्न आएका छन्।

अनिलकेशरी शाह, दीलभूषण पाठक, अबिन श्रेष्ठ, अश्विन न्यौपाने, नम्रता केसी, सुबिन भट्टराई— सबैले आफ्नो कामबाट प्रभावशाली छाप लिएर उभिएका व्यक्तित्वहरू हुन्। यी विज्ञहरूले सहजता र दक्षताका साथ यी विधामा दक्ष प्रतिभा बोकी कसरी अघि बढ्ने भन्ने सिकाउँदै यी क्षेत्रलाई पुन: परिभाषित गर्ने पाठ्यक्रमहरू ल्याएका छन्। विभिन्न क्षेत्रका अन्य उद्योग–अग्रणी विशेषज्ञहरूले प्लेटफर्ममा थप अरू विधाका पाठ्यक्रमहरू पनि जोड्दै छन्। विशेषज्ञहरूको ज्ञान र अनुभवले भरिएको अरू कोर्सहरू अझै प्रभावशाली रूपमा बढ्दै पनि छ। प्लेटफर्मका विविध र सबैका लागि समावेशी कुराहरू राखिएको छ, जसमा निकै रोचक नि:शुल्क पाठ्यक्रमहरू पनि छन्। र शुल्कमात्र एक हजारदेखि सुरु छ।

करियर, वा नयाँ अवसर खोज्न सुरुवात आफूलाई नियालेर, आफ्नो लक्ष्यतिर लम्किनाले मिल्छ। साथसाथै एड्ट्रा अहिले, स्टार्टअप कम्पनीहरूलाई मेन्टरसिप प्रदान गर्दै मेन्टर पार्टनरको रूपमा ‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानमा पनि आबद्ध छ।

एड्ट्रा प्रत्येक विद्यार्थी, पेसेवर र सपना देख्नेहरूलाई यस परिवर्तनमा समावेश हुन आमन्त्रित गर्दछ। 

तपाईं पनि आजै, एड्ट्राको वेबसाइट  डब्लुडब्लुडब्लु डट इडट्रा डट कम गई यसबारेमा थप जानकारी लिँदै आफूलाई पायक पर्ने कोर्स लिन सक्नुहुन्छ। 

केही ठूलो रूपान्तरणका लागि हिम्मत, लगन र नवीन मानसिकता जरुरी छ। सुरुवात समस्याको जडलाई निचोडको  यसको हल खोज्नबाट हुन्छ। एडट्रा, यही समस्याको मध्यनजर गर्दै सुरु भएको नाम हो। अहिले खस्किएको नेपाली माहोल र युवा सशक्तीकरण बिचल्ली रहेको समस्यालाई डिजिटल रूपान्तरण गर्नको लागि तत्पर भइ लागेको छ।

आउँदो पुस्ताका लागि धेरै बलियो आधार निर्माण गर्न प्रमाणित विधिहरूको साथ अनलाइन शिक्षाको एक अछूत परिदृश्य—चाहे विद्यार्थी, व्यवसाय उत्साही, उद्यमी, वा शिक्षार्थी, सबैलाई एड्ट्राको दृष्टिमा समावेश गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.