साउथ अष्ट्रेलियामा मनाइयो टोपी दिवस

साउथ अष्ट्रेलियामा मनाइयो टोपी दिवस
सुन्नुहोस्

अष्ट्रेलिया : प्रवासी नेपाली मञ्च (ओएनएफ) साउथ अष्ट्रेलियाले अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाएको छ। अंग्रेजी नयाँ वर्ष २०२५ को उपलक्ष्यमा पदयात्रा तथा सम्मान कार्यक्रम गर्दै टोपी दिवस मनाइएको हो।

पछिल्लो समय नेपालीहरूको उल्लेखनीय बसोबास रहेको एडिलेडको जोन मिलर रिजर्भबाट समुन्द्री किनारहुँदै पदयात्रा गरिएको थियो। पदयात्रामा एडिलेडको प्रमुख बिच ग्लेनेल समेत सहभागी थिए। पदयात्रामा अष्ट्रेलियाको सांगीतिक यात्राको क्रममा रहेका कलाकारद्वय सत्य राज आचार्य र स्वरुप राज आचार्यले समेत सहभागिता जनाएका थिए ।

पदयात्रा पछि आयोजित समारोहमा १५ जना विद्यावारिधि गरेर साउथ अष्ट्रेलियामा क्रियाशिल रहेका नेपालीहरूलाई सम्मान गरिएको थियो। उनीहरूलाई दोसल्ला,ढाका टोपी तथा प्रमाण पत्रले सम्मान गरिएको थियो।सम्मान कार्यक्रममा मन्तव्य राख्दै साउथ अष्ट्रेलियाको म्यारियन काउन्सीलकी काउन्सीलर रेनुका लामाले विदेशमा सिकेको ज्ञान र सिपलाई अष्ट्रेलियामा रहेको नेपाली समुदाय र मातृभूमिका लागि समेत उपयोगमा ल्याउन विशेष आग्रह गरेकी थिइन् । 

कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष संजय पुरीले नेपालीहरू जहाँ भए पनि जन्मभूमी नेपाललाई बिर्सनु नहुने बताउँदै टोपी दिवसमार्फत् नेपाललाई चिनाउने प्रयासका लागि सहभागी सबैलाई धन्यवाद दिएका थिए ।

युनिभर्सिटी अफ साउथ अष्ट्रेलियाका अनुसन्धानकर्ता  डा.अर्जुन बुर्लाकोटीले यस्ता सम्मान कार्यक्रमहरूले सबैले राम्रो कुरा एक अर्काबाट सिक्ने अवसर पनि भएकाले महत्वपूर्ण रहेको बताउँदै सहभागी बालबालिकाहरूलाई पनि अझ प्रेरणा हुने बताए ।

डा. दया पराजुलीले मातृभूमिमा जस्तै प्रवासमा समेत सम्मान गरेकोमा थप समुदाय र मातृभूमीप्रति जिम्मेवारी बोध भएको बताए । मञ्चका साउथ अष्ट्रेलिया अध्यक्ष युवराज पहाडीले प्रवासमा हुर्केका नयाँ पुस्तालाई नेपाली परम्परा र संस्कृतिका बारेमा परिचित गराउन समेत कार्यक्रम आयोजना गरिएको बताए ।

उनले विद्यावारिधि गरेका नेपालीहरू सम्मान गरेर उनीहरूबीच पनि जोड्न चाहिको बताउँदै विदेशमा सिकेको ज्ञान सिप मातृभूमिका लागि कसरी उपयोग गर्न सकिन्छ भनेर छलफल चलाउन अनुरोध गरेका थिए । कार्यक्रमका संयोजक रामकृष्ण शर्माले नेपालको प्रचार र प्रवर्द्धन गर्ने उद्देश्यले २०१८ देखि मञ्चले नेपाली टोपी दिवस  मनाउँदै आएको बताए ।

प्रवासी नेपाली मञ्चकै आयोजनामा अष्ट्रेलियाको राजधानी क्यानवेरा र वेस्टन अष्ट्रेलियामा समेत टोपी दिवस मनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.