जिपिके फाउन्डेशन अमेरिकामा पुनः सोमनाथ
न्यूयोर्क : गिरिजा प्रसाद कोइराला फाउन्डेशन अमेरिका च्याप्टरमा पुनः सोमनाथ घिमिरे अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् । अमेरिकाको न्यूयोर्कमा भएको फाउन्डेशनको साधारण सभाबाट घिमिरेको नेतृत्वमा उपाध्यक्षमा सुवर्ण लामा, महासचिवमा छिरिङ राप्के लामा, कोषाध्यक्षमा रेखा श्रेष्ठ, सदस्यहरुमा धु्रवकुमार क्षेत्री, रामचन्द्र अधिकारी, सूर्य सिंखडा, राजेश आर्चाय, प्रेम अधिकारी क्षेत्री, प्रेमदिकी शेर्पा, फुदोमा शेर्पा, हिरा तामाङ, पासाङ एस गोर्पामा निर्वार्चित भएका छन् ।
फाउन्डेशनको अमेरिकाको कार्यालय न्यूयोर्कमा रहेको छ । सामाजिक सेवाका कामहरू सक्रियतापूर्वक गरिरहेको फाउन्डेशनलाई प्रतिष्ठित संस्थाको रुपमा हेरिन्छ ।
फाउन्डेशनले अमेरिकामा डेमोक्रेसी, पिस र विकासलाई मुल मन्त्र मानेर काम गरिरहेको अध्यक्ष सोमनाथ घिमिरेले बताए । ‘अमेरिकादेखि नेपालसम्म हामीले डेमोक्रेसी,पिस र विकासलाई मुल मन्त्र मानेर सामाजिक कामहरु गरिरहेका छौ,'उनले भने, ‘आगामी दिनमा अझै यसलाई विस्तार गर्नेछौं ।’
नेपालका पूर्वप्रधानमन्त्री एवं नेपाल कांग्रेस पार्टीका सभापति रहेका स्वः गिरिजा प्रसाद कोइरालाको निधनपछि यो फाउन्डेशन खडा भएको थियो ।