बृहत् रक्तदान कार्यक्रममा ७५७ व्यक्तिले गरे रक्तदान

बृहत् रक्तदान कार्यक्रममा ७५७ व्यक्तिले गरे रक्तदान
सुन्नुहोस्

ग्लोबल आइएमई बैंकले १८औँ वार्षिकोत्सवको अवसरमा बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको छ। ग्लोबल आइएमई बैंक पौष १८ गते बिहीबारदेखि स्थापनाको १८ वर्ष पूरा गरी १९ औं वर्षमा प्रवेश गरेको छ। 

यही अवसरमा बैंकले मुलुकका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमका साथ–साथै निःशुल्क आँखा जाँच, रक्तचाप तथा मधुमेह परीक्षण कार्यक्रम आयोजना गरेको हो।

यस कार्यक्रमअन्तर्गत कोशी प्रदेशको तीनपैनी शाखा, मधेश प्रदेशको जनकपुर शाखा, बाग्मती प्रदेशको कान्तिपथ शाखा र नारायणगढ शाखा, गण्डकी प्रदेशको पोखरा न्यूरोड शाखा, लुम्बिनी प्रदेशको मिलनचोक बुटवल शाखा र नेपालगन्ज शाखा, कर्णाली प्रदेशको सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेशको धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। 

कार्यक्रममा ७५७ रक्तदाताले रक्तदान गरेका छन्। यसैगरी ११९ जनाको आँखा जाँच गरिनुका साथै २०० जनाको रक्तचाप तथा मधुमेहको परीक्षण गरी आवश्यक परामर्श प्रदान गरिएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.