सरकारको मर्मअनुसार काम गर्न मन्त्री दाहालको निर्देशन

सरकारको मर्मअनुसार काम गर्न मन्त्री दाहालको निर्देशन
सुन्नुहोस्

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सरकारको मर्म झल्कने गरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन्। 

सडक विभागले आज पोखरामा आयोजना गरेको आयोजना सञ्चालन तथा व्यवस्थापन सम्बन्धी दुई दिने कार्यशालाको समापनका अवसरमा उनले विकास निर्माणलाई तीव्रता दिई आर्थिक समृद्धिको लक्ष्य हासिल गर्नुपर्ने भएकाले सोही ढंगबाट काम गर्न  निर्देशन दिएका हुन्। 

रुग्ण आयोजनाहरूको व्यवस्थापन गर्दै नयाँ आयोजनाहरूलाई गति दिने गरी कार्यक्षेत्रमा खटिन उनले आग्रह गरे। असल नियतले कार्यसम्पादन गर्दा कुनै पनि निकायबाट कारबाहीमा परिन्छ कि भन्ने डर नमानि काम गर्न र नीतिगत समस्याहरू भए मन्त्रालयले सहजीकरण गर्ने उनले प्रतिबद्धता जनाए। 

नेपाल अझै पनि निर्माणकै चरणमा रहेकाले अब बन्ने र बनिरहेका संरचनाहरूलाई दिगो र सुरक्षित बनाउनेतर्फ ध्यान दिन समेत उनले आग्रह गरे।  आयोजनाहरूलाई आवश्यकता र उपयोगिताका आधारमा प्राथमिकता दिइनुपर्ने भन्दै मन्त्री दाहालले संख्यात्मक रूपमा मात्र नभई गुणात्मक रूपमा निर्माण कार्यमा जोड दिनुपर्ने बताए। कुनै पनि आयोजना लामो समय सम्म अलपत्र रहने अवस्थाको अन्त्य गर्न भन्दै उनले योजना, आयोजना अलपत्र पारिने प्रवृतिको अन्त्य गर्न मन्त्रालयले प्राथमिकता दिएको उल्लेख गरे।

यसैगरी १७ बुँदे प्रतिबद्धता तथा निर्देशन जारी गर्दै कार्यशाला समापन भएको छ। बढीभन्दा बढी समय कार्यक्षेत्रमा खटिन, अभिलेख प्रणाली व्यवस्थित बनाउन, कार्यसम्पादन विवरण नियमित रूपमा सडक विभागमा पठाउन लगायतका विषयहरू समेटिएको छ। 

रुग्ण आयोजना व्यवस्थापनको कामलाई गति दिन, सञ्चालित आयोजनाहरूको नियमित नियमन गर्न लगायतका विषयहरू समेत त्यसमा रहेका छन्। उक्त १७ बुँदे प्रतिबद्धता तथा निर्देशनको प्रभावकारी कार्यान्वयन गर्न समेत मन्त्री दाहालले आग्रह गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.