केन्द्रीय नेताहरूको सहभागितामा माओवादीले जनता केन्द्रित अभियान सञ्चालन गर्ने

केन्द्रीय नेताहरूको सहभागितामा माओवादीले जनता केन्द्रित अभियान सञ्चालन गर्ने
सुन्नुहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्रले संघीय संसदको अधिवेशन आह्वान नभए सरकारलाई दबाब दिने बताएको छ। पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले नियतबस संघीय संसदको अधिवेशन आह्वान नगरेको भन्दै संसदमा रहेका सवै दलसंग छलफल गरेर दबाब सिर्जना गर्ने बताए। 

बैठकमा ३० जना स्थायी कमिटी सदस्यले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मौखिकरूपमा राखेको राजनीतिक प्रतिवेदनमाथि धारणा राखेको प्रवक्ता सापकोटाले बताए। उनीहरूले समसामयिक परिस्थिति, पार्टी रुपान्तरण, अहिलेको सरकारको क्रियाकलापका बारेमा, संविधान संशोधनाका बारेमा धारणा राखेको उनले बताए। समाजवादी विचारधारको विकासका लागि, सबै पालिकाहरूमा समाजवादका आधारशीला खडा गर्ने गरी तयारी गर्नुपर्ने नेताहरूले जोड गरेको सापकोटाको भनाइ छ।

बैठकमा अध्यक्ष प्रचण्डले देशका सबै तहका जनतामाझ पुगेर समस्या बुझ्ने गरी विभिन्न अभियान सञ्चालन गर्ने र त्यसमा अध्यक्षसहित सबै केन्द्रीय नेताहरू सहभागी हुने बताएका थिए। स्थायी कमिटी बैठक शनिबार पनि बस्ने प्रवक्ता सापकोटाले बताए। पुस २१ गतेदेखि सुरु हुने केन्द्रीय कमिटीको तयारीका लागि माओवादीको स्थायी कमिटीको बैठक निरन्तर बसिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.