राखेपका नवनियुक्त सदस्यहरूले लिए सपथ

राखेपका नवनियुक्त सदस्यहरूले लिए सपथ
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद्मा नियुक्त भएका सदस्यहरूलाई पद तथा गोपनियताको सपथ गराइएको छ। शुक्रबार सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा खेलकुदमन्त्री तेजुलाल चौधरीले परिषद्को सदस्यमा नियुक्त भएका ८ जनालाई पद तथा गोपनियताको सपथ गराएका हुन्।

केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले खेलकुद परिषद्को सदस्यमा शान्तिकुमारी चौधरी, आनन्दकुमार झा, सुवर्ण श्रेष्ठ, कमलबहादुर भट्टराई, हिमालकुमार श्रेष्ठ, नन्दा बस्याल, जगतसिंह धामी र भानबहादुर चन्दलाई चार वर्षका लागि नियुक्त गरेको थियो।

परिषद्का सदस्यहरूलाई सपथ गराउँदै मन्त्री चौधरीले खेलकुद क्षेत्रको विकासका लागि आवश्यक भूमिका निर्वाह गर्न आग्रह गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.