परिणाममुखी काम गर्न सुरक्षा प्रमुखलाई गृहमन्त्रीको निर्देशन

परिणाममुखी काम गर्न सुरक्षा प्रमुखलाई गृहमन्त्रीको निर्देशन
सुन्नुहोस्

काठमाडौं : गृहमन्त्री रमेश लेखकले सिमितस्रोत र साधनका बीच परिणाममुखी काम गर्न मुलुकभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन्।

गृह मन्त्रालयले शुक्रबार आयोजना गरेको जिल्ला सुरक्षा समितिसितको भर्जुअल बैठकमा बोल्दै गृहमन्त्री लेखकले लागुऔषध नियन्त्रण,आत्महत्या न्यूनीकरण तथा सवारी दुर्घटना न्युनीकरण चुनौतीका रुपमा रहेको बताउँदै सिमितस्रोत साधनका बीच पनि गम्भीर भएर काम गर्न निर्देशन दिएका हुन्।

'अहिले चुनौतीका रुपमा देखा परेका तीनवटै विषय एक–अर्कासित सम्बन्धित छन् ,'उनले भने,'त्यसको न्यूनीकरणका लागि प्रदेश र स्थानीय तहसित पनि समन्वय गरेर लाग्नुहोस् ।' सीमामा हुने अपराध, चोरीशिकारी नियन्त्रण, भ्रष्टाचार न्युनीकरण र आर्थिक अनियमिततामा शून्य सहनसिलताको नीति अप्नाउन आग्रह समेत गरे।

मन्त्रालयले कानुनी,नीतिगत र संरचनात्मक सुधारका कामहरू अगाडि बढाएको बताउँदै मन्त्री लेखकले सोही अनुसार कामको गुणस्तर बढाएर जानुपर्नेमा जोड दिए। 'शान्ति सुरक्षाको गम्भीर जिम्मेवारी हामीसित छ,'उनले भने,'विकास, स्मृद्धि र लोकतन्त्रको दीर्घ जीवनका लागि शान्ति सुरक्षा हुनैपर्छ ।'

त्यसैगरी गृहसचिब गोकर्णमणि दुवाडीले नतिजा देखिनेगरी काम गर्न निर्देशन दिए। उनले सेवाप्रवाह प्रभावकारी बनाउन जोड दिँदै गुनासोरहित सेवाप्रवाहमा ध्यान दिन जोड दिए। त्यसैगरी विपद् व्यवस्थापनका लागि पूर्वतयारी प्रभावकारी बनाउन गृहसचिब दुगाडीले निर्देशन दिए।

'सार्वजनिक सम्पतीको संरक्षण र अतिक्रमण हटाउने विषयमा पनि जोड दिएर लाग्नुहोस् सचिब दुवाडीले भने,'जिम्मेवारी र दायरामा रहेर काम गर्नुपर्छ ।' भर्चुअल बैठकमा सुरक्षा निकायका प्रमुख, गृहमन्त्रालयको विभिन्न महाशाखाका प्रमुख र देशभरका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.