पर्सामा विद्यमान खानेपानीको समस्या पूर्णरूपमा समाधान गर्छौं : मन्त्री यादव

पर्सामा विद्यमान खानेपानीको समस्या पूर्णरूपमा समाधान गर्छौं : मन्त्री यादव

वीरगन्ज : खानेपानी मन्त्री प्रदीप यादवले गृहजिल्ला पर्सामा विद्यमान खानेपानीको समस्या पूर्ण रुपमा समधान गरिने बताएका छन्।

पर्साको वीरगन्ज महानगरपालिकामा पर्ने जनता सडकअन्तर्गत पर्ने रामराजापुलदेखि प्रसौनी विर्ता, इनर्वा मनियारी हुँदै जगरनाथपुरसम्म नयाँ खानेपानी पाइपलाइन विस्तार परियोजना शिलान्यास गर्दै मन्त्री यादवले उक्त कुरा बताएका हुन्। 

उनले भने, 'एक घर एक धाराको अवधारणा सरकारको छ। त्यहीअनुसार खानेपानी मन्त्रालयले विभिन्न खानेपानी आयोजनाको क्षेत्रमा काम गरिरहेको छ। हामीले वीरगन्जको इनर्वा मनियारी लगायतका क्षेत्रमा नयाँ खानेपानी पाइपलाइन विस्तार परियोजना आज सुरुवात गरेका छौं। पर्सा जिल्लाका नागरिकले भोगिरहेको खानेपानीको समस्या समाधान गरेरै छोड्छौं।' 

उनले वीरगन्ज महानगरपालिकामा थपिएका नयाँ वडाहरूमा शुद्ध खानेपानी पुर्‍याउनु आफ्नो प्रमुख दायित्व भएको पनि बताए। मन्त्री यादवले महानगरमा थपिएका वडाहरूमा शुद्ध खानेपानी पुर्‍याउनु आफ्नो प्रमुख दायित्व रहेको बताए। उनले भने, 'आम नेपाली नागरिकलाई शुद्ध खानेपानी दिनु मेरो प्रमुख दायित्व हो। म आम नागरिकलाई शुद्ध पानी वितरणका लागि सधैं कटिबद्ध छु।'

आम नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पुर्‍याउन प्रधानमन्त्री केपी शर्मा ओलीको पनि स्पष्ट निर्देशन रहेकाले आफूले पनि मन्त्रालय सम्हालेदेखि हालसम्म नागरिकका खानेपानीका समस्या दीर्घकालीन रूपमा समाधान गर्नतर्फ अग्रसर रहेको उनले बताए। पछिल्लो समय चुरे दोहन तथा जलवायु परिर्वतनका कारण पानीका मुहानहरू सुक्दै जान थालेकाले तराईलगायतका क्षेत्रमा भूमिगत पानी सुक्न थालेको र चापाकलमा समेत पानी आउन बन्द हुँदा नागरिकलाई पानीको समस्या झन थपिँदै गएको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.