दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु, २ जना घाइते

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु, २ जना घाइते
सुन्नुहोस्

विराटनगर : विराटनगरमा शुक्रबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मोटरसाइकलमै सवार २ जना घाइते भएका छन्। भारतीय नम्बर प्लेटको ट्रकमा ३ जना सवार मोटरसाइकल ठोकिँदा दुर्घटना भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए। उनका अनुसार विराटनगर महानगरपालिका–१४ स्थित आईसीपी रोडमा दुर्घटना भएको हो। 

नयाँ भन्सार कार्यालय (आईसीपी)बाट विराटनगरतर्फ आउँदै गरेको कोइला लोड गरिएको जेएच १५ जे ७१०३ नम्बरको ट्रकमा विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प १३२१ नम्बरको मोटरसाइकल साँझ ५:२५ बजेतिर ठोकिएर दुर्घटना भएको जानकारी जोशीले दिए। उनका अनुसार दुर्घटनामा परेर मोटरसाइकलमा सवार ३ जना घाइते भएका थिए। 

घाइतेमध्ये मोटरसाइकल चालक विराटनगर–१५ का अन्दाजी १६ वर्षीय सुरज ठाकुरको मृत्यु भएको हो। उपचारका लागि कोशी अस्पताल पुर्‍याउनसाथ साँझ ६ बजेतिर सुरजलाई चिकित्सकले मृत घोषित गरेको डीएसपी जोशीले बताए। दुर्घटनामा परेर मोटरसाइकलमा सवार विराटनगर–१५ का अन्दाजी १६ वर्षीय आदित्य साह र विराटनगर–१४ का अन्दाजी १८ वर्षीय विकासकुमार यादव घाइते भएका छन्। 

घाइतेमध्ये आदित्वको अवस्था मध्यम र विकासको अवस्था सामान्य छ। कोइला लोड गरिएको ट्रक दुर्घटना लगत्तै सडकको साइडमा पल्टिएको थियो। ट्रक चालक फरार रहेकाले खोजी तीव्र पारिएको जोशीले बताए।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.