पशुपतिनाथ फाउण्डेशनमा नयाँ नेतृत्व

पशुपतिनाथ फाउण्डेशनमा नयाँ नेतृत्व
सुन्नुहोस्

अमेरिका : श्री पशुपतिनाथ फाउण्डेशन लस एन्जल्स, क्यालिफोर्नियामा विमल श्रेष्ठको नेतृत्वमा कार्यसमिति चयन भएको छ। 

फाउण्डेशनको विधानअनुसार बहाल रहेको कार्यसमितिको प्रेसिडेन्ट इलेक्ट स्वतः अध्यक्ष रहने प्रावधानअनुरुप यसअघि प्रेसिडेन्ट इलेक्ट रहेका श्रेष्ठ अध्यक्षमा निर्विरोध भएका हुन्।

त्यस्तै संस्थाको प्रेसिडेन्ट इलेक्ट रामबाबु पाण्डे, वरिष्ठ उपाध्यक्षमा डिल्ली सिद्वार्थ सिलवाल, उपाध्यक्षमा उपेन्द्र सापकोटा, सचिव तुल्सीराम ज्ञवाली, सहसचिव सुमन ढकाल, कोषाध्यक्ष लक्ष्मण घिमिरे, सहकोषाध्यक्ष डिल्लिप्रसाद थपलिया चयन भएका हुन्। 

त्यस्तै समितिको निर्देशकहरूमा अजित बाबु घिमिरे, अमृत महतो, भवानी पाण्डे, सपना सेढाई थपलिया, रामशरण पाण्डे, सन्जु सापकोटा, भुवा नुरे, चक्रपाणी मिश्र, मिलन न्यौपाने, मुना प्याकुरेल, नन्दलाल गौतम र प्रविण घिमिरे छन्। 

यसअघि संस्थामा रामेश्वर भण्डारीको अध्यक्षतामा कार्यसमिति रहेको थियो। श्री पशुपतिनाथ तथा बुद्व मन्दिरको संरक्षक संस्था फाउण्डेशनको बोर्ड अफ ट्रष्टीको अध्यक्षमा अकराज पाण्डे चयन भए। जसको सदस्यमा भिम ढकाल, विवेक श्रेष्ठ, विमला ढकाल, डिलु थापा, नेत्र मैनाली, राजेन्द्र कार्की, रामराजा पाण्डे, शमशेर भण्डारी, श्याम जोशी र सुशीला न्यौपाने रहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.