स्थिरताका लागि कांग्रेस-एमाले गठबन्धन : प्रकाशमान सिंह

स्थिरताका लागि कांग्रेस-एमाले गठबन्धन : प्रकाशमान सिंह
सुन्नुहोस्

सिरहा : उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थिरता र राजनीतिक स्थायित्वका कांग्रेस-एमाले गठबन्धन बनेको बताएका छन्।

लहान नगरपालिकाको १५औँ नगरसभाको उद्‍घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री सिंहले जनताको इच्छा चाहनालाई पूरा गर्न तीनै तहका सरकारले एकअर्काको विरोध गर्न छोडेर विकासका लागि प्रतिस्पर्धा गर्नुपर्ने बताए। प्रहरी र निजामती कर्मचारी समायोजनसम्बन्धी विधेयक आउने अधिवेशनबाट पारित हुने उनले जानकारी गराए।

यी दुई विधेयक पारित भएपछि संघीयता अझ बलियो रूपमा कार्यान्वयनको बाटोमा अघि बढ्ने उनको भनाइ थियो। ‘संघीयताको जग बसालिएको छ। अब बलियो बनाउन बाँकी छ। संविधानको अनुसूचीमा भएका व्यवस्थालाई कानुन बनाएर कार्यान्वयन गर्दै गएपछि संघीयताको जग बलियो हुन्छ,' उनले भने, 'संविधानले नै सहमति, सहकार्य र सहअस्तित्व परिकल्पना गरिसकेको छ। स्थानीय, प्रदेश र संघीय सरकारबीच सोही बमोजिमको समन्वय हुनुपर्छ।'

देशकै ठूलो लहान नगरपालिका स्वाभावतः सहर हो। यहाँबाट पहाडी लगायतका जिल्लामा सामान निर्यात हुँदै आएको पाइन्छ उनले भने, ‘यो नगरलाई कृषि, पर्यटन र व्यपारको हब सहर बनाउन योजनाबद्ध रूपामा अघि बढ्नुपर्छ।' नयाँ सहरी नीति २०८१ अनुसार यो नगरको विकास गर्न चाहिने अवश्यक सहयोग गर्न हामी तयार रहेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.