उर्लाबारीमा स्कुटर दुर्घटना, चालकको मृत्यु

उर्लाबारीमा स्कुटर दुर्घटना, चालकको मृत्यु
सुन्नुहोस्

विराटनगर : मोरङको उर्लाबारीमा  ‘स्टार्ट’ गर्ने क्रममा शुक्रबार साँझ स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। उर्लाबारी नगरपालिका–५ सार्वजनिक शौचालयअगाडि प्रदेश १–०२–०४५ प २४६० नम्बरको स्कुटर ‘स्टार्ट’ गर्ने क्रममा आफैँ अनियन्त्रित भएर साँझ ५:४५ बजेतिर भित्तामा ठोक्किएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए। 

उनका अनुसार दुर्घटनामा स्कुटर चालक उर्लाबारी–५ झुम्राहाका अन्दाजी ४५ वर्षीय नरेन्द्र गुरुङको मृत्यु भएको छ।  

दुर्घटनामा गम्भीर घाइते भएका गुरुङलाई प्रहरीले उपचारका लागि विराटनगरको न्युरो अस्पताल पठाएको थियो। अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेको र घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.