रास्वपाको केन्द्रीय समिति बैठक जारी
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक जारी रहेको छ। काठमाडौंमा दुई दिन बस्ने बैठकमा सहकारीसम्बन्धी अध्यादेश, २०८१ र संसद्मा दर्ता भएका विधेयकमाथि छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। उनका अनुसार छलफलपश्चात पार्टीको धारणा प्रस्तुत हुनेछ।
बैठकमा रास्वपाका केन्द्रीय सदस्यहरूबीच पार्टीको सङ्गठन संरचना, समीक्षा, रणनीति, सबलीकरण र जागरणलगायत विषयमा छलफल हुने रास्वपाले जनाएको छ। बैठकमा स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै समसामयिक राजनीतिक छलफल गर्ने बताइएको छ।