गाउँमा मोबाइल नेटवर्कमा समस्या

गाउँमा मोबाइल नेटवर्कमा समस्या
फाइल तस्बिर ।
सुन्नुहोस्

रसुवा : पर्यटकीय क्षेत्र, विद्युत् आयोजनाका हब भए पनि झ्याप्पझ्याप्प बत्ती जाने समस्या छ । यसले सञ्चारमा पनि धेरै असर पार्ने गरेको छ । 

‘कहिले त मौसम राम्रो भएका बेला पनि विद्युत् अवरुद्ध हुन्छ अनि हाम्रो गाउँमा दिनरात अध्यारो मात्र होइन फोन सम्पर्क टुट्छ’, गोसाइँकुण्ड गाउँपालिका–१ थुमनका न्हिमाटासी तामाङले भने, ‘यो त यहाँको नियमित समस्या जस्तै हो ।’ 

गोसाइँकुण्ड गाउँपालिका–१ को खैदी डाडाँमा रहेको नेपाल टेलिकमको मोबाइल टावरमा विद्युत् विच्छेद भएपछि नेटवर्क पूरै जान्छ । त्यसपछि वरिपरि नेपाल चीन सिमानाको टिमुरे, घट्टेखोला, खैदी, बृद्धिम, खाम्जिङ, शेर्पागाउँ, थुमन, तार्सा, मेन्दोगाउँलगालयका बस्तीमा मोबाइल चल्दैन । 

बत्ती आएपछि पनि छिट्टै मोबाइल नेटवर्कले काम गर्दैन । ‘ हावाहुरी पानी नपरे पनि बत्ती जान्छ र मोबाइलको नेटवर्क देखाउँदैन’, तामाङले भने, ‘यस्तो समस्या पटकपटक भइरहन्छ गुनासो गर्दा पनि कसैले सुन्ने होइन । 

कहिले त १०÷१२ घण्टाभन्दा बढी समयसम्म फोनमा नेटवर्क नहुँदा हामी उत्तरी रसुवावासीहरू समस्यामा छौं ।’ आफूहरूले पटकपटक पालिका र नेपाल टेलिकममा गुनासो गर्दासमेत सुनुवाइ नभएको न्हिमाले बताए । 

समयसमयमा नचलेर हैरान हुने गरेको ग्राहकहरूको गुनासो छ । ‘मोबाइल नेटवर्क नहुँदा न फोन लाग्छ, न त फोरजी नै चल्छ । यहाँ घुम्न आउनेदेखि स्थानीयलाई निकै समस्या पर्छ ।’ 

सोलार ब्याकअपले नधानेकोले यस्तो समस्या परेको नेपाल टेलिकम रसुवाका रमेश विष्टले बताए । समस्याका बारे माथिल्लो निकायमा मौखिक तथा लिखित अनुरोध पनि पठाएकोले पूरा हुने विश्वास गरेको उनले सुनाए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.