पार्टीको मुख्य शक्ति संगठन हो, संगठन सुदृढीकरण बनाऔं : सिंह

पार्टीको मुख्य शक्ति संगठन हो, संगठन सुदृढीकरण बनाऔं : सिंह
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले आगामी चुनाव एक्लै लड्ने बताएका छन्। नेपाली कांग्रेस महोत्तरी जिल्ला समितिले बर्दिबासमा शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यसका लागि संगठन निर्माणमा लाग्न आग्रह गरेका हुन्।

केही समय अघि भएको उपनिर्वाचनमा यसको अभ्यास भइसकेको पनि उनले बताए। महासमिति बैठकले एक्लै चुनाव लड्ने निर्णय गरेको र केन्द्रीय समिति बैठकले त्यसलाई अनुमोदन गरिसकेको उनको भनाई छ।

‘आगामी निर्वाचन एक्लै लड्ने भनेर कांग्रेस महासमिति ब‌ैठकले निर्णय गरेर केन्द्रीय समितिले अनुमोदन गरिसकेको छ।’ कांग्रेस पूर्वमहामन्त्रीसमेत रहेका सिंहले भने,‘पार्टीको मुख्य शक्ति संगठन हो। त्यसैले हामी सबै संगठन सुदृढीकरण गर्न लाग्नुपर्छ। संगठन निर्माणमा सबैले ध्यान दिउँ।’ 

समाजसेवाको सबैभन्दा राम्रो माध्यम राजनीति भएको भन्दै उनले सेवाभावले सक्रिय हुनुपर्नेमा जोड दिए। उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्रीसमेत रहनुभएका सिंहले शहरी विकास मन्त्रालयबाट गर्नुपर्ने काम प्रभावकारी रूपमा अघि बढाइरहेको बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.