ताल्चा-रारा सडक कालोपत्रे हुने
मुगु : ताल्चा-रारा सडकमा कालोपत्रे र ढुंगेधारमा बेलिब्रिज निर्माण हुने भएको छ। कर्णाली प्रदेश सरकारको बहुवर्षीय आयोजनामध्ये मुगुका दुई छायाँनाथ रारा नगरपालिकाको ताल्चा-गमगढी सडक कालोपत्रे र मुगम कार्मारोङ गाउँपालिका ढुङ्गेधारा बेलिब्रिज निर्माण हुन लागेको हो। नाग्मा-गमगढी सडक खण्डको स्तरोन्नति पनि आउँदो आर्थिक वर्षबाट अघि बढ्ने छ।
बजेट अभावका कारण लक्ष्य अनुसारको गति लिन नसकेको गमगढी-नाक्चेलाग्न सडक खण्ड हालसम्म १६ किलोमिटर निर्माण भएको छ। उक्त सडक गमगढीदेखि मुगुम कार्मारोङ गाउँपालिका-८ माग्री डाँडा सम्म मात्र निर्माण भएको भएपनि नाक्चेलाग्नासम्म पुग्न ७७ किलोमिटर सडक निर्माण गर्न बाँकी रहेको छ।