रास्वपाको केन्द्रीय समितिको बैठक सुरू

रास्वपाको केन्द्रीय समितिको बैठक सुरू
सुन्नुहोस्

काठामडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक शनिबारबाट काठमाडौंमा सुरू भएको छ। पार्टीको संगठन संरचना, समीक्षा, रणनीति, सबलीकरण र जागरणलगायत विषयमा छलफल गर्न रास्वपाको केन्द्रीय समितिको बैठक बसेको हो।

बैठक दुई दिनसम्म चल्ने पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। केन्द्रीय समिति बैठकमा समसामयिक राजनीतिक छलफल, उपनिर्वाचन समीक्षा, संगठन समीक्षा र रणनीतिका विषयमा छलफल हुने उनले बताए। 

त्यस्तै संविधानको परिमार्जन, पार्टीको आगामी कार्यदिशा तय गर्दै बैठक आइतबार समापन हुने बुर्लाकोटीले जानकारी दिए। त्यस्तै रास्वपाले केन्द्रीय समितिमार्फत केन्द्रीय समिति, सल्लाहकार परिषद् र केन्द्रीय विभागको पुनःसंरचना गर्ने तयारी गरेको भने पार्टीको बैठक सञ्चालन कार्यविधि समेत संशोधन गर्ने बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.