कसैले विरोध गर्दैमा सहकारीको छानबिन प्रभावित हुँदैन : सञ्चारमन्त्री

कसैले विरोध गर्दैमा सहकारीको छानबिन प्रभावित हुँदैन : सञ्चारमन्त्री
सुन्नुहोस्

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले कसैले विरोध गर्दैमा सहकारी प्रकरणको छानबिन प्रभावित नहुने बताएका छन्।

काठमाडौंमा आयोजित गरेको भुवो पर्व विशेष सांस्कृतिक कार्यक्रममा मन्त्री गुरुङले संसदीय छानबिन प्रतिवेदनका आधारमा सहकारी प्रकरणको छानबिन भइरहेको भन्दै सडकमा आन्दोलन गर्दै उन्मुक्ति पाइन्छ भन्ने नसोच्न सुझावसमेत दिए।

जनताको बचत हिनामिना गर्ने व्यक्ति वा संस्थालाई कारबाहीको दायरामा ल्याउनेदेखि सहकारीहरूलाई एकीकृत अनुशासनमा राख्नका लागि सरकार अघि बढेको उनले बताए। उनले अधिकार सम्पन्न सहकारी नियमन प्राधिकरण र सहकारी संरक्षण कोष बनाउने व्यवस्थाका लागि कानुन बनाउन सरकारले अध्यादेश ल्याएको धारणा राखे।

उनले मुलुकमा सुशासन कायम गरेरमात्रै भ्रष्टाचार नियन्त्रणका साथै आर्थिक विकास सम्भव रहेकाले सरकारको ध्यान त्यसतर्फ रहेको बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.