कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ
रौतहट : कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ परेका छन्। कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कटहरिया नगरपालिका-१ बस्ने ५२ वर्षीय जितन महतो नुनियालाई १६ वर्षपछि प्रहरीले पक्राउ गरेको हो।
आफ्नै भाइबुहारी २२ वर्षीया शारदा देवीको २०६५ पुस २४ गते हत्या गरी फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
उनीमाथि जिल्ला अदालत रौतहटबाट कर्तव्य ज्यान सम्बन्धी मुद्दामा म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।