एकपटक यो देशको नेतृत्व गर्न चाहन्छु : विप्लव

एकपटक यो देशको नेतृत्व गर्न चाहन्छु : विप्लव
सुन्नुहोस्

काठमाडौं : नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले एकपटक देशको नेतृत्व गर्न नेकपाले चाहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित पार्टी ध्रुवीकरण कार्यक्रममा विप्लवले आफ्नो सेवा सुविधाका लागि नभइ देश र जनताको सेवाका लागि नेकपाले एकपटक देशको नेतृत्व गर्न चाहेको बताए। 

उनले मुलुकको विकास र नेपाललाई हेप्ने विदेशी शक्तिका विरुद्ध सशक्त भएर उभिने स्पष्ट दृष्टिकोण नेकपामा रहेको जिकिर गरे। क्रान्तिकारीबीच सुरु भएको ध्रुवीकरणको क्रम अब नरोकिने भन्दै देशको नेतृत्वमा पुग्ने गरि सबैबीच ध्रुवीकरण हुने उनले बताए। विप्लवले दलालहरूको व्यवस्थालाई बदल्न जरुरी रहेकाले सबै माओवादी घटकहरू तयार हुनुपर्ने उनको भनाइ छ। 

उनले समान विचारधाराबीच एकता र सहकार्य गर्दै देशलाई संकटबाट रुपान्तरणतर्फ लैजाने बताए। उनले ठूला भनिएका दलहरूभित्रको ध्रुवीकरण पनि जनताले हेरिरहेको भए पनि उनीहरूको क्रियाकलापले जनता सन्तुष्ट नरहेको धारणा राखे। कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी र क्रान्तिकारी कम्युनिष्ट पार्टी, विद्रोहीबीच एकता घोषणा गरिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.