जिल्लामा विकासका संरचनाहरूलाई थप सबल बनाइने छ : प्रधानमन्त्री

जिल्लामा विकासका संरचनाहरूलाई थप सबल बनाइने छ : प्रधानमन्त्री
सुन्नुहोस्

सोलुखुम्बु : प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनमा विशेष योगदान दिने सोलुखुम्बुको विकासलाई तीव्रता दिन सरकारले कुनै कमी हुन नदिने बताएका छन्। 

खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ सुर्केमा आज आयोजित ङिमदोर्जी शेर्पा पर्यटन सडक उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सोलुखुम्बुजस्तो विशेष महत्वको जिल्लामा विकासका संरचनाहरूलाई थप सबल बनाइने बताए। उनले उक्त सडकलाई पक्की बनाउने विषयमा प्रदेश र संघीय सरकारबीच सहकार्य कायम रहेको जानकारी गराउँदै भने, ‘यो सडकलाई कालोपत्रे बनाउने जिम्मा दुवै सरकारको हुनेछ। सोलुखुम्बुको विकासको अभियानमा सरकारले कुनै कसर बाँकी राख्दैन।’

प्रधानमन्त्री ओलीले सोलुखुम्बु साहसिक व्यक्तित्वहरूको जिल्ला भएको उल्लेख गर्दै राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पा र तेन्जिङ नोर्गे शेर्पा जस्ता विश्वविख्यात साहसिक व्यक्तिहरूको जन्मभूमि खुम्बुमा थप विकासका कामले पर्यटन प्रवर्द्धन गर्न ठूलो सहयोग पुर्‍याउने बताए। 

प्रधानमन्त्री ओलीले सोलुखुम्बुलाई पर्यटकीय सम्भावनाले भरिपूर्ण जिल्ला भन्दै यहाँका जनतालाई आर्थिक रूपमा सबल बनाउने गरी विकासका कार्यक्रम अगाडि बढाउन सरकार तयार रहेको आश्वासन दिए। विश्वकै सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार भएको यो क्षेत्रले साहसिक पर्यटकहरूलाई आकर्षित गर्दै आएको उनको भनाइ छ। 

सडकको स्तरोन्नति र पूर्वाधारको विस्तारले यहाँको पर्यटन व्यवसायलाई नयाँ उचाइमा पुर्‍याउने प्रधानमन्त्री ओलीको अपेक्षा छ। यस सडक निर्माणले खुम्बु क्षेत्रका बासिन्दालाई यातायात सुविधा सहज बनाउनुका साथै जिल्लाको समग्र आर्थिक र सामाजिक विकासमा सहयोग पुर्‍याउने विश्वास गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.