घर छेउको उखुबारीमा गाडिएको अवस्थामा इँटा व्यवसायीको शव बरामद

घर छेउको उखुबारीमा गाडिएको अवस्थामा इँटा व्यवसायीको शव बरामद
सुन्नुहोस्

मलंगवा : पुस १५ गतेदेखि बेपत्ता रहेका सर्लाहीको हरिवन नगरपालिका-१०, इनारटोलका इँटा व्यवसायी ३९ वर्षीय हरिप्रसाद प्रसाईको शव बरामद भएको छ।

बरहथवा नगरपालिका-९ मुर्तियाबाट पैसा लिएर आउँछु भनेर घरबाट निस्केका प्रसाई बेपत्ता भएका थिए। परिवार  र प्रहरीले निरन्तर खोजी गर्दा जाँदा शनिबार उनको घर छेउको उखुबारीमा गाडिएको अवस्थामा शव फेला परेको हो। 

प्रहरीले शनिबार बिहान घर छेउको उखुबारीमा गाडिएको अवस्थामा प्रसाईको शव बरामद गरेको छ। बरामद गरिएको शवलाई पोस्टमार्टम गरी परिवारजनले दाहसंस्कार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रहरी उपरीक्षक रविन्द्र बहादुर सिंहले बताए।

प्रहरी उपरीक्षक सिंहका अनुसार प्रसाईको हत्या भएको आशंका गरेका छन्। अनुसन्धान भइरहेको सिंहले बताए। घटनामा संलग्न भएको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ। एक दुई दिनमा घटनाको सत्य तथ्य बाहिर आउने उपरीक्षक सिंहले बताए। प्रारम्भिक अनुसन्धानमा हेर्दा प्रसाईको हत्या नै भएको देखिन्छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.