डाँकोटमा एकघर एकधारा
जाजरकोट : जुनीचाँदे गाउँपालिका–३ डाँडाकोटका स्थानीयको गाउँ नजिकका मूलहरूमा भूकम्पले क्षति पु¥याउँदा गाउँमा खानेपानीको हाहाकार भयो। तर अहिले घर घरमा धारा निर्माण भएपछि स्थानीय खुशी भएका छन्।
जुनीचाँदे गाउँपालिका–३ मा १ सय २ घरधुरी छन्। यो गाउँमा पहिले १२ वटा खानेपानीका सार्वजनिक धारा थिए। यि मध्ये ३ धारा मात्र सञ्चालनमा भए पनि अघिल्लो वर्ष कात्तिक १७ गते गएको भूकम्पका कारण उक्त धाराहरूमा पानी ल्याइएका मूलहरू हराए। त्यसपछि गाउँबाट आधा घण्टा टाढाको तुसार खोलाको पानी खान उनीहरू बाध्य थिए। तर, हाल डाँडाकोटवासीका घरमा एकघर एकधारा निर्माण भएको छ।
युनिसेफको र छाँ–या नेपालको आर्थिक सहयोगमा सञ्चालित एकीकृत पुनर्लाभ कार्ययोजनाअन्तर्गत खानेपानी सरसफाइ तथा स्वच्छता योजना लागु भएपछि डाँडाकोटका १ सय २ घरधुरीलाई एक घर एक धारा निर्माण गरिएको हो। त्यसपछि यहाँका स्थानीयले घर घरमा सुरक्षित खानेपानी उपभोग गर्न पाएको तुसार खोली खानेपानी उपभोक्ता समितिका सचिव रेशमबहादुर खड्काले बताए।
गाउँमा पहिला देखि नै खानेपानीको हाहाकार थियो। केही वर्ष अगाडि नेवा नामक एक संस्थाले १२ वटा सार्वजनिक धारा निर्माण गरेको थियो। पानीको स्रोतका कारण १२ मध्ये तीनवटा धारा मात्र नियमित सञ्चालनमा थिए। अघिल्लो वर्ष आएको भूकम्पले पानीको मूल नै हराएकाले पानीको स्रोत घटेपछि पानीको हाहाकार हुन थाल्यो।
घरमा चाहिने खानेपानी ल्याउन आउँदा जाँदा आधा घण्टा टाढा पुग्नु पथ्र्यो। भान्सादेखि पशुचौपायलाई पानी जम्मा गर्न सबै भन्दा बढी महिलाले हैरानी खेप्नु पथ्र्यो। अहिले घर आँगनमै धारामा पानी पुगेपछि सबैभन्दा बढी महिलालाई राहत भएको स्थानीय कमला टमट्टाले बताइन्। गाउँमा पानीका अरू स्रोत छैनन्। गाउँमा ल्याएको सोती खोलाको मुलबाट खसेको पानी थाप्न गाउँबाट आधा घण्टा हिँडेर घण्टौंसम्म पालो कुर्नुपथ्र्यो। व्यक्तिगत र बालबालिकाहरूको सरसफाइ गर्न आउँदा जाँदा एक घण्टा लगाएर दोवान खोला पुग्नु पर्ने बाध्यता थियो।
विद्यालयमा समेत पानीको अभाव हुँदा पढाइ छोडि बालबालिका पानी खान घरमा दौडेर आउन बाध्य थिए। अहिले घर घरमा धारा निर्माण भई पानी उपभोग गर्न सुरु भइसकेको डाँडकोटकी काली रावतले बताइन्।
जनसंख्या र घरधुरी कम हुँदा पहिला गाउँमा भएका सार्वजनिक धाराको पानी जसोतसो गरी पुगेकै थियो। जनसंख्या वृद्धि र समयम समयमा आउने प्राकृतिक प्रकोपका घटनाका कारण पानीका मुलहरू नै हराउँदै गएपछि पानीको हाहाकार हुन थालेको थियो। गाउँमा पानीको समस्याकै कारण घर घरमा भएका शौचालय समेत प्रयोगविहीन थिए। सर्वसाधारण खुला स्थानमा शौच गर्न बाध्य थिए।
अहिले घर घरमा पानीका धारा निर्माण भएसँगै जीर्ण भएका शौचालय मर्मत तथा निर्माण गर्न छाँ–या नेपालले पेन, पाइप सिमेन्ट, सरिया र जस्तापाता सहित अन्य सामग्री उपलब्ध गराएको छ।
यसले पानीका धारासँगै अनिवार्य शौचालय निर्माण गर्न वडा पालिकाले निर्देशन दिए अनुसार गएको कात्तिक १७ को भूकम्पपछि एकघर एकधारा र शौचालय भएको जुनीचाँदे गाउँपालिकाको ११ वडामध्ये ३ नम्बर वडा पहिलो वडा भएको सोही वडाका वडाध्यक्ष जयबहादुर खड्काले बताए।
उपभोक्ता समितिसँग भदौ २८ देखि मंसिर २८ सम्म निर्माण सम्पन्न गर्न सम्झौता भए अनुसार सबै काम सम्पन्न भई घर घरमा पानी पुगी सर्वसाधारणले पानी उपभोग गरिरहेको छाँ–या नेपालका परियोजना प्रबन्धक सुरेन्द्रबहादुर शाहीले जानकारी दिए।समुदाय तथा संस्थागत रूपमा सुरक्षित व्यवस्थित खानेपानी आधारभूत सरसफाइमा सुविधाको पहुँच पु¥याउन युनिसेफ नेपालको आर्थिक सहयोगमा एकीकृत पुनर्लाभ कार्ययोजना अन्तर्गत यो कार्यक्रम सञ्चालन गरिएको हो।