अन्नपूर्ण समाचार प्रभाव : माझी बस्तीमा डाक्टरसहितको विज्ञ टोली पठाउँदै मुख्यमन्त्री

अन्नपूर्ण समाचार प्रभाव : माझी बस्तीमा डाक्टरसहितको विज्ञ टोली पठाउँदै मुख्यमन्त्री

ढल्केबर : मधेस प्रदेश सरकारले नवजात शिशुको मृत्यु हुने गरेको पीडामा रहेका धनुषाको मिथिला नगरपालिका–१० लालगढस्थित माझी टोलमा चिकित्सकसहितको विज्ञ टोली पठाउने भएका छन्।

शनिबार अन्नपूर्ण पोस्ट् दैनिक पत्रिकाले ‘जहाँ अकालमा बच्चा नगुमाएको घरै छैन, माझी बस्तीको कहरः ९ सन्तान गुमाइन् आमाले’ शीर्षकमा कभर स्टोरी प्रकाशित गरेपछि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले तत्कालै आफ्ना प्रेस सल्लाहकार अनिलकुमार कर्ण र स्वकीय सचिव रविन सिंहलाई माझी टोल पठाएर त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएका हुन्।

मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार कर्णले माझी टोलका पीडित भनिएकाहरूसँग उनका दैलौमे पुगेर नवजात शिशुको मृत्यु हुने गरेका घटनाबारे जानकारी लिएका छन्। 

त्यसक्रममा केही दिनअघि मात्रै चार महिने छोरी गुमाएका कृष्णबहादुर माझीसँग मुख्यमन्त्री सिंहले फोन संवाद गरेका थिए। उनले कृष्णबहादुरको नवजात शिशुको एक महिनाअघि भएको निधनप्रति शोक व्यक्त गर्दै अकालमा कुनै पनि शिशुको ज्यान गुम्ने स्थितिलाई रोक्न प्रदेश सरकारले हरसम्भव प्रयास गर्ने उल्लेख गरे।

कृष्णबहादुरसँग फोनमार्फत कुरा गर्दै त्यस टोलमा जन्मिएका कतिपय बच्चाको दुईचार महिनामै अकाल मृत्यु हुने गरेको घटनाका कारण पहिचान तथा समाधानका लागि विशेषज्ञ चिकित्सक सम्मिलित मधेस स्वास्थ्यविज्ञान प्रतिष्ठानको टोली माझी टोलमा पठाउने बताए। 

उनले भने, ‘अहिले म स्थितिका विषयमा चिकित्सकीय अध्ययन गर्न विशेषज्ञ चिकित्सकसहितको टोली आइतबार पठाउँदै छु। टोलीले दिने प्रतिवेदनका आधारमा माझी टोलमा आमाबच्चा लगायतलाई उपचार तथा अन्य राहत कार्यको प्रबन्ध प्रदेश सरकारले गर्नेछ।’

माझी टोलमा दुईटा श्रीमतीबाट पाएका १५ सन्तानमध्ये १० को ज्यान गुमेका वीरबहादुर माझीलगायतका व्यक्तिसँग मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले भेटेका थिए। उनले वंशानुगत, रहनसहन, उपचार अभाव आदिमध्ये कुन कारणले नवजात शिशुको मृत्यु भएको भन्ने विषयमा प्रदेश सरकारको स्वास्थ्य टोलीले यकिन गरेपछि माझी टोलमा प्रबद्र्धनात्मक, नियन्त्रणात्मक तथा उपचारात्मक कार्य सरकारले अघि बढाउने जानकारी दिए। 

आइतबार मधेस स्वास्थ्यविज्ञान प्रतिष्ठानको संयोजनमा प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा महाशाखाका प्रमुख वर्षा प्रकाश, प्रतिष्ठानका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.रुबी सिंहलगायतका चिकित्सा अधिकारीको टोली आइतबार माझी बस्तीमा जाने प्रतिष्ठानका उपकुलपति डा.अंकुर साहले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.