सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा पोखरेल निर्वाचित

सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौं : सर्वोच्च अदालत बार एसोसिएसन अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल विजयी भएका छन्। शनिबार भएको सर्वोच्च बार एसोसिएसनको निर्वाचनमा अर्का वरिष्ठ अधिवक्ता महेश कुमार थापा र अधिवक्ता प्रेमसिंह धामीलाई पराजित गर्दै पोखरेल निर्वाचित भएका हुन्।

उपाध्यमा अम्बर बहादुर राउत र सचिवमा रमण कुमार कर्ण निर्वाचित भएका छन्। यसैगरी सह-सचिवमा अधिवक्ता पुन्ददेवी महर्जन,कोषाध्यक्षमा अधिवक्ता रामचन्द्र पौडेल विजयी भएका छन्।

महिला सदस्यमा अधिवक्ता सुधा धिताल र खुला सदस्यहरूमा अधिवक्ताहरू दुर्गा मोहन श्रेष्ठ,इन्द्रशेखर खड्का,प्रदीपकुमार श्रेष्ठ, नागेश्वर प्रसाद चौधरी,निर्मल प्रसाद उपाध्याय,ओमकृष्ण श्रेष्ठ,प्रमोद रेग्मी र प्रदीपकुमार राजवंशी विजयी भएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.