माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै,के छन् एजेण्डा ?
काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि बस्ने भएको छ। आइतबार अपराह्न १ बजेदेखि बस्ने बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।
‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्प 'आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदनमाथि केन्द्रित रही बैठकमा छलफल जनाइएको छ। बैठकको सुरुवातमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गर्ने र लगत्तै उनले प्रस्तुत गरेकव प्रतिवेदनमाथि छलफल हुनेछ ।
बैठकमा ४०९ पूर्ण केन्द्रीय सदस्य, २०५ वैकल्पिक केन्द्रीय सदस्य,३ आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारी गरी १ हजार २५ जना सहभागी हुनेछन्।