सर्वेन्द्र खनालले एमाले छाडे,भन्छन्- अब अध्ययन/अनुसन्धानमा लाग्छु
काठमाडौं : पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेकपा एमाले परित्याग गरेका छन्। खनालले अन्नपूर्णपोस्ट्सँगै कुराकानी गर्दै कुनै पनि राजनीतिक दलसँग आवद्ध नभएको स्पष्ट पारे। राजनीतिक दलसँग आवद्ध नरहे पनि देश र समाजको हितमा काम गर्न भने नछाड्ने उनको भनाइ छ।
उनले अन्नपूर्णसँग भने,'अब कुनै पनि पार्टीमा आवद्ध छैन। आगामी दिनमा अध्ययन /अनुसन्धानमा लाग्छु।'
एमालेको केन्द्रीय कमिटीको बैठक सुरू भएकै दिन खनालले एमाले परित्याग गरेको घोषणा गरेका हुन्। तर, उनले एमाले छोड्नुपर्ने कारण भने स्पष्ट खुलाएका छैनन्।
गत निर्वाचनमा एमालेका तर्फबाट उनी काठमाडौं ६ र उपनिर्वाचनमा तनहुँ- १ मा उम्मेदवार बनेका थिए। दुवै ठाउँमा हार व्यहोरेपछि खनाल राजनीतिमा सक्रिय थिएनन्।