रास्वपाले गठन गर्‍यो संविधान परिमार्जन सुझाव कार्यदल

रास्वपाले गठन गर्‍यो संविधान परिमार्जन सुझाव कार्यदल
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘संविधान परिमार्जन सुझाव कार्यदल’गठन गरेको छ ।  प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा कार्यदल गठन गरिएको पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

उनका अनुसार कार्यदलले सातवटै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधानविद्सँग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धाराणा बनाइनेछ । कार्यदलमा कान्तिशिखा धिताल,डा नन्दन यादव,गणेश कार्की,सोभिता गौतम,असिम साह, डा. तोसिमा कार्की, डा. अच्युतम लामिछाने र मेघ आले छन्।

उक्त  कार्यदलले सातवटै प्रदेशमा गर्ने छलफल कार्यक्रमको संयोजक सोही प्रदेशका पार्टी सभापति रहनेछन् । पार्टी सभापतिको राजनीतिक प्रतिवेदनका आधारमा आगामी कार्यदिशा र कार्यक्रम तालिकामा छलफल हुने जनाइएको छ । यस्तै बैठकमा  पार्टीको केन्द्रीय समिति,सल्लाहकार समिति, सल्लाहकार परिषद् एवं केन्द्रीय विभागको पुनःसंरचनामा छलफल गरिनेछ । 

यसैबीच रास्वपाको केन्द्रीय समितिको दोस्रो दिनको बैठक जारी छ । दोस्रो दिनको बैठकमा संविधान परिमार्जन र प्रस्तावनाको व्याख्या एवं सर्वाङ्गीण विकासको भावी कार्यदिशाबारे छलफल गरिँदैछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.