माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी, उपाध्यक्षको कुर्सीमा पूर्वउपराष्ट्रपति पुन

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी, उपाध्यक्षको कुर्सीमा पूर्वउपराष्ट्रपति पुन

नेपालको इतिहासमा उपराष्ट्रपति कार्यकाल समाप्त भएपछि पनि पुन: राजनीतिमा सक्रिय हुने उनी पहिलो नेता हुन्।

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू भएको छ। पार्टी केन्द्रीय कार्यालयमा सुरू भएको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले 'पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्पः आजको आवश्यकता' शीर्षकको राजनीतिक प्रतिवेदन पेस गर्दैछन्। 

बैठकमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङ पनि सहभागी छन्। उनी केही समयअगाडि भएको स्थायी समितिको बैठकमा पनि सहभागी भएका थिए। पुन अध्यक्ष प्रचण्डसँगै रहेको वरिष्ठ उपाध्यक्ष,उपाध्यक्ष र महासचिवको लाइनमा बसेका छन्।

नेपालको इतिहासमा उपराष्ट्रपति कार्यकाल समाप्त भएपछि पनि पुन: राजनीतिमा सक्रिय हुने उनी पहिलो नेता हुन्।

बैठकमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा ब्रिफिङ गर्ने र लगत्तै प्रस्तुत प्रतिवेदनमाथि छलफल हुने बताइएको छ। बैठकमा ४ सय ९ पूर्ण केन्द्रीय सदस्य, २ सय ५ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारी गरी १ सय २५ जना गरी ८ सय १४ जनाको सहभागिता रहने बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.