नेपालमा सामसङको २ नयाँ बिस्पोक एआई वासिङ मेसिन सार्वजनिक
सामसङ नेपालले १२ केजीसम्मको क्षमता, एआई-वाश, र ऊर्जा बचत गर्दै कपडा सुरक्षित राख्ने एआई इकोबबल जस्ता अत्याधुनिक सुविधाहरू रहेको नयाँ बिस्पोक वासिङ मेसिन नेपाली बजारमा उपलब्ध गराएको छ।
स्मार्टथिंगस् एपद्वारा स्मार्टफोनको मार्फत टाढाबाटै नियन्त्रण गर्न सकिने सामसङको नयाँ वाशिङ मेसिनले लुगा धुने प्रक्रिया सजिलो बनाउने जनाएको छ। यसका साथै धुलाइको किसिमलाई बुझी एआई पर्सन्लाइजेसन् सुविधाले उपयुक्त धुलाई साइकल पनि सुझाउने छ। यसमा भएको स्पेसम्याक्स टेक्नोलोजीले सानो साइजको यो मेसिनलाई
घरमा सजिलै फिट हुने बनाउँछ र १२ केजीसम्मको लुगाको लोड सजिलै धुन सक्छ।
यो इनोभेटिभ डिजाइनले भित्री ड्रमलाई ब्रिधि गरी गहिराइलाई ६०० एमएममा राखेर कुनै पनि ठाउँमा सहजै रूपमा फिट हुने सुनिश्चित गरेको छ। यो नयाँ वाशिङ मेसिनले स्लीक डिजाइन, सजिलो इन्टरफेस र लुगाको सफाईलाई प्राथमिकता दिन्छ। दक्षता, दिगोपन र राम्रो अनुभवमा केन्द्रित भएर, यो मेसिनले नेपालमा लन्ड्री गर्ने नयाँ तरिका प्रस्तुत गरेको छ।
१२केजी लाइन-अप दुइवटा फरक मोडलहरूमा उपलब्ध छ- डायल कन्ट्रोल भएको WW12DG5B24AXIM र एलईडी डिस्प्ले भएको WW12DG6B24ABIM यी दुवै मोडलहरूको मूल्य क्रमशः रु १,१४,९९० र रु १,२०,९९० रहेको छ।
यस वासिङ मेसिनलाई सामसङ कन्ज्यूमर इलेक्ट्रोनिक्सको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक पुनर्विक्रेता त्रिवेणी व्यापार प्राइभेट लिमिटेडका डिलर नेटवर्कद्वारा नेपालभरी उपलब्ध गराइएको छ।