सेयर बजारमा सामान्य अंकको सुधार, कुन कम्पनीको मूल्य बढ्यो कसको घट्यो ?

सेयर बजारमा सामान्य अंकको सुधार, कुन कम्पनीको मूल्य बढ्यो कसको घट्यो ?
सुन्नुहोस्

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ५.३२ अंकले बढेर २५९१.५६ विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्ड‍ेक्स ०.१५ प्रतिशतले घटेर ४४२.८९ विन्दुमा अडिएको छ।

सामान्य अंकले बढेको बजारमा तीनवटा कम्पनीको सेयर १० प्रतिशतले बढ्यो।  अपर लघुवित्त वित्तीय संस्था,दोर्दी खोला विद्युत कम्पनी र ग्रीन भेन्चर्सको सेयर १ प्रतिशतले बढेको हो। दोल्ती  पावरको सेयर ९.४४ प्रतिशतले बढ्दा ग्रीन डेभलपमेन्ट बैंकको ९.२४ प्रतिशतले बढ्यो।

यसदिन नारायणी डेभलपमेन्ट बैंकका लगातीकर्ताले सर्वाधिक गुमाए। सो कम्पनीको सेयर ८.८८ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा जानकी फाइनान्स शीर्षस्थानमा रह्यो।  सो कम्पनीको सेयर १९ करोड ९ लाख ४९ हजार  ९७७ रुपैयाँको सेयर कारोबार भयो।

रिभर फल्स पावरको १७ करोड,रसुवागढी हाइड्रोपावर र एनआरएनको १२/१२ करोड र नेपाल फाइनान्सको ११ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

यसदिन ३२७ स्क्रिप्सको ९३ लाख  ८६ हजार ७२१ कित्ता सेयर ४ अर्ब ८६ करोड २ लाख १ हजार ९७४ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएका स्टक्समध्ये १४१ वटाको मूल्य बढ्दा ९४ वटाको घट्यो। ८ स्टक्सको मूल्य भने आज स्थिर रह्यो।

आज पाँच समूहको उपसूचकबाहेक अन्यको उपसूचक बढयो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.