हेलिकोप्टरबाट सुत्केरीको उद्धार

हेलिकोप्टरबाट सुत्केरीको उद्धार
सुन्नुहोस्

रुकुम पश्चिम : रुकुम पश्चिमबाट हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार गरिएको छ। 

रक्तस्रावको कारण गम्भीर अवस्थामा रहेकी सुत्केरीलाई आइतबार हेलिकोप्टरमार्फत उद्धार गरेर सुर्खेत लगिएको हो।  प्रमुख जिल्ला अधिकारी कुल बहादुर जिसीका अनुसार आठबिसकोट नगरपालिका-२ खदीकी २४ वर्षीया धनमाया बुढाको उद्धार गरिएको हो। 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत हेलिकोप्टर प्रयोग गरेर उद्धार गरिएको हो। 

आठबिसकोट नगरपालिका-२ स्थित स्यालाखदी स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि प्रदेश अस्पताल सुर्खेत रेफर गरिएको हो। सुत्केरीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि हेलिकोप्टरबाट उद्धार गरिएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.