माओवादी केन्द्रले फागुन १ गतेदेखि तराई मधेश जागरण अभियान सञ्चालन गर्ने

माओवादी केन्द्रले फागुन १ गतेदेखि तराई मधेश जागरण अभियान सञ्चालन गर्ने
सुन्नुहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन नगरी एक्लै चुनाव लड्नेगरि अघि बढ्ने प्रस्ताव प्रस्तुत गरेका छन्।

आइतबारबाट काठमाडौंमा सुरु माओवादी केन्द्रको केन्द्रीय समितिको पूर्ण बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै प्रचण्डले आगामी निर्वाचनमा कांग्रेस र एमाले जस्ता पार्टीसँग मिलेर चुनाव नलड्ने र एक्लै चुनाव लड्ने गरि अघि बढ्ने प्रस्ताव प्रस्तुत गरेका हुन्। 

बैठकमा प्रतिवेदन पेश गर्दै अध्यक्ष प्रचण्डले वैज्ञानिक समाजवाद मान्नेहरुसँगै एकता गरेर अघि बढ्ने बताएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा बहुमत, विप्लव नेतृत्वको नेकपा, प्रभु साहको नेपाल आम पार्टी लगायतका पार्टीहरुसँग एकताको पहल गर्ने प्रस्ताव प्रचण्डको रहेको सापकोटाले बताए।

अहिले माओवादीको पक्षमा देशैभर सकारात्मक ऊर्जा पैदा भएको र यथास्थितिबाट जनतामाझ फर्किनुपर्नेमा प्रचण्डको जोड रहेको छ। यसका लागि फागुन १ देखि तराई मधेश जागरण अभियान र अर्को एक महिना पूर्वपश्चिम अभियान सञ्चालन गरि अध्यक्ष लगायत सबै पदाधिकारी सामेल हुनुपर्ने प्रस्ताव समेत प्रचण्डको रहेको प्रवक्ता सापकोटाले जानकारी दिए। 

अग्रगमनका पक्षमा संविधान सशोधनका लागि बहस र छलफल चलाउनुपर्ने, संक्रमणकालीन न्यायसँग सम्बन्धी समितिको पदाधिकारी नियुक्त गर्न पहल गर्ने लगायतका विषय अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा उल्लेख गरेको सापकोटाले बताए।

बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदनसँगै विभिन्न प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी लगाएतले रिर्पोटिङ गरेका थिए। उनीहरुको रिपोर्टिङमा देशैभर माओवादी प्रवेश गर्नेको लहर चलेको र पार्टीलाई बलियो बनाएर अघि बढाउनुपर्नेमा केन्द्रित रहेको प्रवक्ता सापकोटाले बताए।

बैठकमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङलाई आमन्त्रित सदस्यको रुपमा बोलाइएको भन्दै सापकोटाले पदका विषयमा कुनै छलफल नभएको जिकिर गरे।  केन्द्रीय समितिको पूर्ण बैठक सोमबार बिहान ११ बजे बस्ने र विभिन्न प्रतिवेदनमाथि छलफल हुने माओवादी केन्द्रले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.